१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले उम्मेदवार उठ्ने निर्णयप्रति माओवादी नेताको आपत्ति

जाजरकोट – आगामी मंसिर १० गते हुने प्रदेश सभाको चुनावका लागि  जाजरकोटका दुवै सीटमा  एमालेका उम्मेदवार उठाउने वाम गठवन्धनको निर्णयप्रति  माओवादीका  नेताहरुले चर्काे विरोध जनाएका छन् ।  माओवादी केन्द्रको  ६ नम्वर प्रदेशका संयोजक  मायाप्रसाद शर्माले  वाम गठवन्धनका नाममा  आफ्नो पार्टीका सयौं कार्यकर्ताले बगाएको रगतको अवमुल्यन भएको भन्दै  उक्त निर्णयप्रति आपत्ति जनाएका छन् । 
‘कोही नेताको स्थान सुरक्षित गर्ने नाउँमा जनताको बलिदानको अवमुल्यन भएको छ,’उनले भने । माओवादीका  सचिवालय कालीबहादुर मल्लले पनि वाम गठवन्धनको निर्णय प्रति आपत्ति जनाएका छन् ।  जाजरकोटका दुवै क्षेत्र एमालेलाइ दिने निर्णय माओवादी कार्यकर्ताका लागि अपमानजनक भएको उनको तर्फ रहेको छ । बाम गठवन्धनका शीर्ष नेताको  निर्णय अनुसार संघीय संसद अन्तर्गत  प्रतितिनिधि सभाका लागि माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र प्रदेश सभाका दुवै क्षेत्रका लागि एमालेका  उम्मेदवार हुने निर्णय  गरिएको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले जानकारी गराए । ‘दुवै दलको समान हैसियत र सम्मान हुने गरेर निर्णय भएको हो,’उनले भने । एमाले स्थायी समितिको बैठक जाजरकोटमा प्रदेश सभाका लागि  क्षेत्र नम्बर १ मा नीरज आचार्य र क्षेत्र नम्वर २ मा करवीर शाहीको नाम टुंगो लगाएको  छ ।  
 

प्रकाशित: ३ कार्तिक २०७४ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App