१४ आश्विन २०८१ सोमबार
image/svg+xml

निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ। बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ।

सवारी दुर्घटनामा २७ लाख क्षति

सवारी दुर्घटनाका कारण बाँकेमा चालू आर्थिक वर्षमा २७ लाख ५६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार गत भदौ महीनामा सबैभन्दा बढी र माघमा सबैभन्दा कम क्षति भएको छ।

जीपको ठक्करबाट दुईको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए।

‘बाघे माउसुली’ फेला पर्‍यो

नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ। बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो। जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) पहिलोपटक बाँके जिल्लाको कम्दी जैविक मार्गमा भेटिएको हो।

भुसालको नेतृत्वमा नयाँ कार्यसमिति

गिरिराज भुसालको नेतृत्वमा १३ सदस्यीय नेपाल एकायन कराते संघ बाँके जिल्ला समिति निर्विरोध चयन भएको छ।

बाँकेलाई कर्णालीमा गाभ्न माग

प्रदेश ५ को नाम र राजधानी टुंग्याउने विषयमा बनेको समितिले दोस्रोपटक म्याद थप्दा पनि तीव्र गतिमा काम गर्न सकिरहेको छैन। हिउँदे अधिवेशनको पहिलो बैठकले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। उक्त समितिले अहिलेसम्म सुझाव संकलन गर्न सकेको छैन। नाम र राजधानीका विषयमा काम तीव्रता नहुँदा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ।

वातावरण मैत्री विकास निर्माण गर्न अदालतकाे अादेश

बाँकेमा भइरहेकाे विकास निर्माण कार्य वातावरण मैत्री रुपमा गर्न अदालतले आदेश दिएको छ। तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो।

बाँकेमा २ हजार हेक्टर वन अतिक्रमणमा

बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ। बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

बाघ संरक्षणमा चुनौती

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढेको छ। बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन्। बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ।

संकटमा सीमा स्तम्भ

नेपाल–भारत सीमा स्तम्भ जोखिममा परेका छन् । सरकारले समयमै मर्मतसम्भार गर्न नसक्दा बाँके क्षेत्रमा रहेका सीमा स्तम्भ जोखिममा परेका हुन् । बाँकेको ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।

वन्यजन्तुको काल बन्दै राजमार्ग

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुको लागि राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

बाँके राष्ट्रिय निकुञ्जभित्र तीन वर्षमा १७२ वन्यजन्तु मारिए

बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ।

बाँकेमा बाढीबाट ४ जनाको मृत्यु, सयौं घर डुबानमा

अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ ।

बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्