२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाँकेमा २ हजार हेक्टर वन अतिक्रमणमा

बाँके– जिल्लामा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ। बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि जमीन हुनेले समेत वन अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । वन कार्यालयकाअनुसार १ हजार ९६८ हेक्टर वन अतिक्रमण भएको छ। डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वन क्षेत्र अतिक्रमण भएको बताए। राप्तीसोनारी गाउँपालिकामा १ हजार ६४६.६९ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

वन कार्यालयका अनुसार कोहलपुर इलाका वन कार्यालयको क्षेत्राधिकारभित्र २७१ हेक्टर र बैजापुर क्षेत्रमा ३९५.४८ हेक्टर वन अतिक्रमण भएको छ। त्यस्तै झोरा इलाका वन कार्यालय अन्तर्गतका सामुदायिक वन पनि अतिक्रमण भएका छन् । त्यस क्षेत्रमा २६.३ हेक्टर वन अतिक्रमण भएको छ। बाढीपीडितको नाममा वन अतिक्रमण गर्ने क्रम बढेको छ। राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा ६०० हेक्टर वन अतिक्रमण भएको छ। सोही क्षेत्रमा रहेको हरिहरपुरमा ३०० हेक्टर र शम्शेरगञ्जको अम्रहवामा १०० तथा शम्शेरगञ्जकै महेन्द्रपुरमा ६६.६७ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयले जनाएको छ।

वन अतिक्रमण गरेर ३ हजार ९७२ परिवारले बसोवास र भोगचलन गर्दै आएका छन् । वन अतिक्रमण गरेर बसेका धेरैजसोको लालपूर्जा भएको जमीन र घर भएको वन कार्यालयको अनुसन्धानले देखाएको छ। ‘लालपूर्जा भएको जमीन भएकासमेत वन अतिक्रमण गरेर स्थायी संरचना बनाएको फेला परेको छ,’ सहायक वन अधिकृत खड्काले भने। 

राप्ती नदीमा आएको बाढीले घरवाससमेत बगाएको भन्दै झोरा र हजरत सामुदायिक वन अतिक्रमण गरेर ३२२ परिवार बसेका छन्। अतिक्रमणकारीले वन क्षेत्रमा पक्की संरचना निर्माण गरिसकेका छन्। पछिल्लो समय राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका सामुदायिक वन अतिक्रमण हुने क्रम बढेको छ। उक्त वन क्षेत्रमा बाढीपीडितको नाममा अतिक्रमण भइरहेको वन कार्यालयले जनाएको छ। फत्तेपुरका राप्ती नदी पीडितले ११० हेक्टर वन अतिक्रमण भएको छ। रासस  

 

प्रकाशित: १० कार्तिक २०७५ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App