६ आश्विन २०८१ आइतबार
image/svg+xml

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

१७८ म्यादी प्रहरीले जागिर छाडे

स्थानीय तहको चुनावका लागि भर्ना भएका १ सय ७८ म्यादी प्रहरीले जागिर छाडेका छन् । चुनाव सर्दै जाँदा आफ्नो अन्य कामहरु प्रभावित हुने भन्दै उनीहरुले जागिर छाडेका हुन्।

बुथमा खटाइए म्यादी प्रहरी

जेठ ३१ गते हुने निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ। तालिम पश्चात सदरमुकाम दिक्तेलमै राखेर गस्तीमा खटिँदै आएका ७१६ म्यादी प्रहरीलाई बिहिबारदेखि बुथमा खटाइएको हो । म्यादी प्रहरीलाई बुथको सुरक्षार्थ ईलाका प्रहरी कार्यालयमार्फत गाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

प्रहरी र तस्करबीच झडप, म्यादी प्रहरीको खुट्टा भाँच्चियो

खजानी नाकामा सुरक्षामा खटेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको छ। शनिबार राति भएको झडपमा परी तीन जना म्यादी प्रहरी घाइते भएका छन्, जसमा  एक जनाको खुट्टा भाँच्चिएको र अन्य दुई जना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

म्यादी प्रहरीले गाउँलेलाई कुटे

मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गाउँलेहरुलाई कुटपिट गरेका छन्। गौमुखी गाउँपालिकास्थित खुङमा रातीको समयमा सुतीरहेका स्थानीयलाई उनीहरुले कुटपिट गरेका हुन्। शनिबार राति भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन।

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिए

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिएका छन्। जस अन्तर्गत पुरुष ६१ हजार २ सय महिला १३ हजार ३ सय छानिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए।

म्यादी मोह (फोटो फिचर)

देउमाई नगरपालिका–९ की सुस्मिता तामाङ म्यादी प्रहरीको छनौटमा शारीरिक जाँच र दौडमा उत्तीर्ण हुँदा निकै हर्षित छिन् । कक्षा–१० सम्म पढेर छाडेकी उनी स्थानीय तह चुनावलाई म्यादी प्रहरी आवश्यकताको सूचना पाएर गद्गद् हुँदै सदरमुकाम आइपुगेकी थिइन् ।

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

सोमबार बिहान आठ बज्न नपाउँदै सदरमुकाम सिन्धुलीमाढीमा रहेको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो ।

म्यादी प्रहरीमा दोब्बरभन्दा बढी आवेदन

नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि माग गरेको म्यादी प्रहरीमा आवश्यकभन्दा दोब्बर आवेदन परेको छ । बेरोजागर बसिरहेका युवायुवतीले दुई महिना भएपनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन् । लोकसेवा आयोग,कोरियाको इपिएस तथा बैंक वित्तीय संस्थाले जागिरको लागि दरखास्त आह्वान गर्दा १० देखि सय गुणासम्म बढी आवेदन पर्ने गरेको छ ।

म्यादी बन्ने भवानीकाे सपना (फोटो फिचर)

चौतारा गैह्री गाउँकी भवानी घिमिरे गृहिणी हुन् । दुई सन्तानकी आमा उनी दुई दिनदेखि म्यादी प्रहरीमा छानिन खरो प्रतिस्पर्धामा उत्रेकी छिन् । ‘सबै शारीरिक जाँच पास गरेरै छोड्छु,’ युवा पुरुष सरह १५÷१५ पटक सिटअप र पुसअप गरेपछि उनले भनिन् । तीन तन्नेरी केटालाई पछि पार्दै उनले सात मिनेटमा एक किलोमिटर दौडिन् ।

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।

म्यादी प्रहरी मोह, ५० वर्षमाथिकाको पनि आवदेन

जिल्लामा स्थानीय निकायको निर्वाचमा खटिने म्यादी प्रहरीका लागि १८ सय २५ जनाले आवेदन दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्