६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

१७८ म्यादी प्रहरीले जागिर छाडे

 रुकुम –स्थानीय तहको चुनावका लागि भर्ना भएका १ सय ७८ म्यादी प्रहरीले जागिर छाडेका छन् । चुनाव सर्दै जाँदा आफ्नो अन्य कामहरु प्रभावित हुने भन्दै उनीहरुले जागिर छाडेका हुन्।

‘चुनाव एकै चरणमा हुँदा घरको काम थाती राखेर म्यादी प्रहरी भएको थिए’ जनक बिकले भने ‘चुनाव सर्दै जाँदा मेरा व्यक्तिगत काम प्रभावित भए, त्यसैले जागिर छाडेँ ।’ म्यादी भएकाहरु मध्ये केहीको परीक्षा, घरायसी समस्याका कारणले जागिर छोडेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उनीहरु म्यादी प्रहरीका लागि आवश्यक पर्ने सबै प्रक्रिया उतिर्ण गरी म्यादी भएका थिए । जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको चुनावका लागि भन्दै सात सय ८५ जना म्यादी भर्ना गरेको थियो । ५५ दिनका लागि सेवा सुविधा लिएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०७४ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App