९ आश्विन २०८१ बुधबार
image/svg+xml

बिजुली सर्ट भएर आगलागी हुँदा एकको मृत्यु

भरतपुरमा बिजुली सर्ट भएर आगलागी हुँदा बुधबार एकजनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर उपमहानगरपालिका वडा नं. ११ अमन चोकका नरबहादुर कुमालको घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा वीरबहादुर कुमालको ज्यान गएको हो।

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

जिल्लाको अधिकारीचौरमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । अधिकारीचौर—३ घैयाखेत बगा स्थित ओमकार विकको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका एक छोरा र एक छोरीको ज्यान गएको हो ।

फर्निचर उद्योगमा आगलागी, डेढ करोडको क्षति

धादिङको नौविसे गाविस वडा नं १ चालिसेबजारको फर्निचर उद्योगमा गयराती आगलागी भएको छ। रातीको समयमा विद्युत सर्ट भएर जनसेवा सहमिल नामको फर्निचर उद्योगमा आगलागी भएको हो। आगोले समिलमा रहेको प्लाईउर्ड,तयारी फर्निचर र मेसिनहरु जलेर नष्ट भएको छ।

असावधानीले आगलागी

आगो प्रयोगकर्ताको सामान्य असावधानीका कारण पनि असामान्य तथा अकल्पनीय दुर्घटना हुन पुग्छ भन्ने तथ्य राजधानीमा विगत डेढ वर्षका घटनालाई हेर्दा प्रष्ट हुन्छ। यो अवधिमा राजधानीका काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका आगलागीका ठूला–साना घटनाबाट करिब एक अर्ब रुपैयाँबराबरको धनमाल खरानी हुन पुगेको छ।

कुलेश्वर आगलागीमा तीन करोडको क्षति, जलेका २७ सटर एकै व्यक्तिका

कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ।

गमगढी बजारमा आगलागी

माघ–सदरमुकाम गमगढी बजारका दुई घरमा आईतबार दिउसो आगलागी भएको छ। माथिल्लो बजारमा रहेको गणेश भट्टको घरमा साढे दुई बजे आगो लागेको थियो। सँगै जोडिएको नोर्बेल लामाको घरमा समेत आगो सल्किएर क्षति पुगेको छ।

पर्यटकीय रेस्टुरेन्टमा भीषण आगलागी

पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीचोकस्थित ट्राइस्टार रेस्टुरेन्टमा गएराती भीषण आगलागी भएको छ। आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा पनि क्षति पुगेको छ। संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा मंगलबार राति करिब ११ बजे आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए।

संक्रान्तिका आगलागी पीडितलाई एक करोड सहयोग प्रधानमन्त्रीको प्रतिवद्वता

तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

रौतहटको शिवनगरमा आगलागी, ५ पसल नष्ट, २५ लाखको क्षति

रौतहटको शिवनगर बजारमा विधुत सर्किट सर्ट भएर आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको मालसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

इन्द्रचोकको ब्यस्त बजारमा आगलागी

राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको आगो तेस्रो तलामा फैलिएको छ।

कठाङ्ग्रीने चिसोमा आगलागी पीडित

तेह्रथुम अठराईको प्रमुख व्यापारीक केन्द्र सक्रान्ति चिसो ठाँउ हो। पुषको याम स्वभाविक रुपमै चिसो हुन्छनै, यहाँ फेरी चिसो सिरेटो चल्छ। यहाँ शुक्रवार भएको आगलागीवाट सर्वस्व गुमाएका ७२ परिवारका पीडितहरु यतिखेर कठाङ्ग्रीने चिसोको सामाना गरिरहेका छन्।

दरबारमार्गको ओल्ड हाउस रष्टुरेन्टमा आगलागी

दरबारमार्गस्थित ओल्ड हाउस रेष्टुरेन्टमा आगलागी भएको छ। आगलागीबाट रेष्टुरेन्ट रहेको एकतले घरको भित्री भाग काम नलाग्ने गरी नस्ट भएको छ। घरभित्र रहेका सामानहरु प्रयोग गर्न सकिने अवस्थामा कुनै पनि छैनन्।

रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति

रौतहटको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर खरानी भएको छ। स्थानीय भेडियाही र बरियारपुर गाविसमा आइतबार राति भएको आगलागिमा आठ चौपायासहित करिब ७ लाख मूल्य बरावरको धनमाल जलेर क्षतिग्रस्त बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्