काठमाडौं — कुलेश्वरमा भिषण आगलागी भएको छ। कुलेश्वर चोकको नबिल बैंक अगाडि रहेकाे एक होटलबाट आगलागी सुरु भएको हाे। प्रहरीका अनुसार करिब पाैने ९ बजे सुरु भएकाे अागलागीका कारण २७ वटा पसलमा क्षति पुगेकाे छ।
६ दमकल र १० वटा ट्यांकरले आगो नियन्त्रणमा अाएकाे छ।
प्रारम्भिक रिपोर्टअनुसार आगो छिमेकी घरमा फैलिने खतरा देखिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल कुलेश्वरमा परिचालन गरिएको थियाे।
६ दमकल र १० वटा ट्यांकरकाे सहायताले करिब तीन घन्टापछि आगो नियन्त्रणमा अाएकाे प्रहरीले जनाएकाे छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको टोली खटिएको थियाे।
प्रकाशित: १६ माघ २०७३ १६:३४ आइतबार