८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आगलागीबाट ९० लाखको क्षति

सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए शुक्रबार राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

आगलागीबाट एकको मृत्यु

काठमाडौं महागरपालिका १२, लगनमा शनिबार (आज) बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ।

बागलुङमा आगलागी, दुई घर जले

जिल्लाको बडिगाड गाउँपालिका— ७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बडिगाड गाउँपालिकाको भीमगिठेमा स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ।

भक्तपुरको नागपोखरीमा आगलागी

भक्तपुरको नागपोखरीस्थित एउटा फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा अचानक लागेको आगोलागीबाट १० लाख बराबरको धनमाल तथा जिन्सी सामानहरूको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो।

आगलागीबाट लाखौंको क्षति

उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी हुँदा लाखौंको क्षति हुन पुगेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटको पुरानो तरकारी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति आगलागी हुँदा एकतले पक्की र माथिल्लो तला काठले बनेको टायलको छानावाल घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

भक्तपुरको झौखेलमा मंगलबार विहान आगलागी भएको छ । बिहान अन्दाजी साढे दुई बजे चाँंगुनारायण नगरपालिका २ झौखेलमा राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आगलागीमा ज्यान गुमाउनेका परिवारलाई सहयोग

वीरगन्ज महानगरपालिका–१८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागीमा परी ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरिएको छ । शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जनही एक लाख रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका तर्फबाट महानगर प्रमुख विजय सरावगीले दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेका छन्।

आगलागीमा हुँदा जापानमा ११ को मृत्यु

जापानको हकाइदो टापु नजिकै उत्तरी क्षेत्रमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीमा परेका ५ जनाको उद्धार गरिएको जापानी सञ्चार माध्यमहरूमा उल्लेख छ । पीडितहरूको पहिचान नभई सकेको हुँदा त्यसका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ७ घर जले, एक घाईते

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

सदरमुकाम सिमकोटदेखि ३१ कोष टाढा पर्ने सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको कार्कीबाडा गाउँमा शनिबार दिउँसो बच्चाहरुले खेलिरहेको बेला ‘स्याउला’को खातमा सलाई सल्काउदा सुरु भएको आगोबाट ६ घर पूर्ण रुपमा क्षति र ५ घरमा आशिंक क्षति भएको प्रहरीले जनाएको छ।

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।

आगलागीमा परि ३३ जनाको मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको सेजोङ हस्पिटलको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्