८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

भक्तपुर – भक्तपुरको झौखेलमा मंगलबार विहान आगलागी भएको छ । बिहान अन्दाजी साढे दुई बजे चाँंगुनारायण नगरपालिका २ झौखेलमा राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासबाट सवा तीन बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको परिसरका प्रबक्ता कृष्ण प्रसाईले बताए। 

आगोलागीबाट  काठ, प्लाई, बन्न लागेको दराज, मेसिन, रंग, ग्यास सिलिण्डर लगायत अन्दाजी दस लाख बराबरको घनमाल तथा जिन्सी सामानहरुको क्षति भएका प्रहरीले जनाएको छ । 

 

प्रकाशित: २३ माघ २०७४ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App