८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

हुम्ला – हुम्लामा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ।

सदरमुकाम सिमकोटदेखि ३१ कोष टाढा पर्ने सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको कार्कीबाडा गाउँमा शनिबार दिउँसो बच्चाहरुले खेलिरहेको बेला ‘स्याउला’को खातमा सलाई सल्काउदा सुरु भएको आगोबाट ६ घर पूर्ण रुपमा क्षति र ५ घरमा आशिंक क्षति भएको प्रहरीले जनाएको छ।

हुम्लाका प्रहरी प्रमुख डीएसपी कमल प्रसाद नेपालका अनुसार करिब साढे ४ घण्टापछि स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

घरमा आगलागी हुँदा स्थानीय जयबहादुर बोहराको गोठमा रहेका १ गाई र १ झोपा (चौंरी र गाईको क्रस) निकाल्न नसक्दा जलेर मरेका छन भने अन्य क्षतिको विवरण प्राप्त भइनसकेको डीएसपी नेपालले बताए।

लामो समयदेखि खडेरी परेको, गाउँमा पर्याप्त पानी नहुनु र सबैको घरको छतमा घाँस राखेका कारण आगो नियन्त्रणमा लिन समय लागेको बताइएको छ।

प्रकाशित: १३ माघ २०७४ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App