काठमाडौं – काठमाडौं महागरपालिका १२, लगनमा शनिबार (आज) बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ।
अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् ।
प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही जानकारी प्राप्त हुन सकेको छैन। (रासस)
प्रकाशित: ५ फाल्गुन २०७४ ०४:४९ शनिबार