८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एन्फा महिला लिग : बागमतीले संकटालाई हरायो

एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार  भएको दोस्रो खेलमा बागमतीले संकटालाई ३ –१ गोलले हराएको हो ।

यो जितसँगै ८ खेलबाट बागमती युथ क्लबले १०  अंक जोडेको छ । त्यसैगरी पराजित संकटा क्लबले   ८ खेलबाट  ८ अङ्क मात्र  बटुलेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । बुधवार नेपाल पुलिस क्लब र कर्णाली प्रदेसबीच खेल हुनेछ । 

प्रकाशित: ८ आश्विन २०८१ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App