नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ नियात्रासंग्रह अमेरिकाको लसएन्जेलसमा लोकार्पण भएकाे छ।
ऋषि ढकाल, मोहन न्यूरे, आवरण चित्रकार शुभम् सिलवाल, डिल्लीराज सिलवाल, नियात्राकार सिलवाल लगायतले नियात्रासङ्ग्रहकाे लोकार्पण गरेका हुन्।
क्यार्लिफोर्निया राज्यका पूर्व अबैतानिक महावाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अनेसास लस एन्जेलस च्याप्टरका अध्यक्ष न्यूरेको सभापतित्वमा सम्पन्न भएको हाे।
कार्यक्रमको औचित्यबारे डिल्लीराज सिलवालले बोलेका थिए। कार्यक्रममा मिलन कोइराला, मिलन न्यौपाने, परिता शर्मा, डनबहादुर कार्की,कमल ढकाल, सरु सिंखडा लगायतले कविता वाचन गरेका थिए।
कार्यक्रमका संयाेजक डिल्लीराज सिलवालले कार्यक्रमकाे उद्देश्य तथा स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन केसी श्रेष्ठले गरे।आचार्य चुडामणि पाठकले कृतिबारे टिप्पणी गरेका थिए।
अनेसास लसएन्जेलस च्याप्टरको आयोजनामा भएको कार्यक्रमको प्रायोजन सोलुम फाउण्डेसन,लसएन्जेलस रहेको थियो।
प्रकाशित: २८ असार २०८३ ०६:३२ आइतबार





