८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

आगलागीबाट क्षतिग्रस्त एफएमलाई सोलार

आगलागीमा क्षती पुगेको खोटाङको रुपाकोट एफएमलाई दुई थान सोलार प्राप्त भएको छ। विद्युत सर्ट हुँदा गत भदौ २२ गते भएको आगलागीमा क्षति बेहोरेको एफएमलाई रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार ७० वाट क्षमताको दुई थान सोलार प्यानल र १५० एम्पीयरको व्याट्री प्रदान गरेको हो।

कपडा पसलमा आगलागी, ४० लाखको क्षति

विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ।

स्वयम्भू आगलागीमा  ३० लाख क्षति

काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ।

आगलागीबाट २ करोड ३१ लाख ४४ हजारको क्षति

मुडकेचुला गाउँपालिकाको वडा नं–९ मा पर्ने होर्त गाउँमा बुधवार साँझ भएको भीषण आगलागीबाट २ करोड ३१ लाख ४४ हजार भन्दा बढीको क्षति भएको छ ।

डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट

डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।

आगलागी–बाढीपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण

भूकम्प पीडितले जस्तै आगलागी, बाढी तथा डुबानपीडित घरपरिवारले पनि दुई प्रतिशतमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो सुविधा उपलब्ध गराउने उल्लेख छ ।

ट्रम्प टावरमा आगलागी, दुई जना घाइते

अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ। आगो निभाउने क्रममा दुई जना सामान्य घाइते भएका विभागले बताएको छ।

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ ।

आगलागीमा परी एकको मृत्यु

चन्दननाथ नगरपालिका ४ मालाभीड गाउँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। घर नजिकैको शौचालयमा राखिएको दाउरा र पिरलमा आगलागी हुँदा ४२ वर्षका लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु भएको हो।

आगलागीमा परी ८१ वर्षीय वृद्धको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । घरमा लागेको आगोमा परी ८१ वर्षीय नरबहादुर थुलुङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ।

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ ।

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्