८ आश्विन २०८१ मंगलबार
image/svg+xml

क्यालोफोर्नियामा इतिहासकै ठूलो आगलागी

अमेरिकाको क्यालिफोनिर्या राज्यमा भएको भीषण आगलागीका कारण ७०० घरहरू पूर्ण रूपमा ध्वंत भएका छन् ।

सुपर ग्यास आगलागी : ‘उद्योगकै असावधानीले दुर्घटना’

वीरगन्ज महानगरपालिका–१८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

कोरियाको जोसेनमा आगलागी हुँदा २९को मृत्यु, २६ घाइते

दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ।  राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो।  आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्।

स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ। बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताए।

भीषण आगलागीमा १० टहरा जले

खोटाङको केपीलासगढी गाउँपालिकाको व्यापारिक केन्द्र बाक्सिलामा आगलागी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको बुधबारे हाट लाग्ने बजारमा बुधबार राति आगलागी हुँदा १० वटाभन्दा बढी टहरा जलेका छन्।

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागी आठ घन्टापछि नियन्त्रणमा आएको छ । यो आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

आगलागी हुँदा सात कामदारको मृत्यु

चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको छ ।

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन्। उद्योगमा बिहान ८ बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

सशस्त्र मुख्यालयमा आगलागी

हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयभित्र सोमबार राति आगलागी हुँदा महŒवपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राति १ बजे सशस्त्रको स्टोर राखिएको भवनमा अकस्मात् आगलागी भएको थियो ।

आगलागीबाट ७० लाखको क्षति

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ।  स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक घरमा भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको घरमा आगलागी हुँदा १६ लाख ४८ हजार बराबरको धनमाल क्षति भएको हो । अचानक घरभित्रबाट सल्किएको आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाया लगायत जलेको प्रहरीले जनाएको छ।

आगलागीमा रु दुई लाख ५० हजारको क्षति

सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ।  स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो। जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उनको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी

झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट एक करोडको धनमाल नष्ट

टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्