८ आश्विन २०८१ मंगलबार
image/svg+xml

खोटाङमा आगलागी हुँदा दुई घर जले

आगलागी हुँदा खोटाङमा दुई घर जलेको छ । आगलागीमा खोटेहाङ गाउँपालिका–८ सिमपानीका सिताराम राई र रविन राईको घर जलेको हो ।

रसुवामा आगलागी हुँदा डेढ लाख क्षति

रसुवाको सदरमुकाम धुन्चेमा रहेको किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ । शनिबार राति १० बजेको समयमा आगो लाग्दा किराना पसलमा रहेको सामग्री जलेर नष्ट भएको छ ।

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड क्षति

सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ।

पञ्जावकाे प्लाष्टिक उद्याेगमा आगलागी हुँदा तेह्रको मृत्यु

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्।  यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए।

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्।

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।  आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो। घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ।  स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन्।

पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी

पाटन औद्योगिक क्षेत्रमा मंगलबार साँझ भिषण आगलागी भएको छ। औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा अागलागी भएको हो। मंगलबार साँझ ६:३० बजेतिर अागलगाी सुरु भएको प्रहरीले जनाएको छ। के कारणले अालगी भएको भनेर खुल्न सकेको छैन।

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ पाँच वटाभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्ने गर्छिन् ।

मैनबत्ती कारखानामा आगलागीमा १५ लाखको क्षति

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ कलङ्कीस्थित मैनबत्ती कारखानामा शुक्रबार आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । कलङ्की चोक नजिक प्रदीप सुवेदीले संञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा आगलागीमा कच्चा पद्धार्थलगायत सामग्री जल्दा १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगलागीबाट ५० लाख बराबरको क्षति

धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ ।

आगलागी हुँदा चार लाख बराबरको क्षति

कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । बुधबार बिहान ४ बजे लागेकाे आगाेले तीन तोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग चार लाख बराबरको धनमालकाे क्षति गराएकाे छ ।

फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु

साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्