खोटाङ– आगलागी हुँदा खोटाङमा दुई घर जलेको छ । आगलागीमा खोटेहाङ गाउँपालिका–८ सिमपानीका सिताराम राई र रविन राईको घर जलेको हो ।
सिताराम राईको घरबाट सुरु भएको आगोले नजिकै रहेको रबिनको घर पनि जल्न पुगेको प्रहरीले जनाएको छ । आगलागीमा सितारामको १ लाख नगद सहित ६ लाख बराबरको धन र रबिनको एउटा चौपायसहित ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
दुई घरमा लागेको आगो प्रहरीचौकी सिमपानी र स्थानीयले नियन्त्रणमा लिएका थिए । आगलागीमा घर जलेपछि राईद्वयको बिचल्ली भएको छ ।
प्रकाशित: २५ मंसिर २०७४ ०८:०१ सोमबार