९ आश्विन २०८१ बुधबार
image/svg+xml

क्यालिफोर्नियाको आगलागीमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि लागेको आगोमा मर्नेहरूको संख्या २३ पुगेको छ। क्यालिफोर्नियाको हजारौ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौ मानिसहरू बेपत्ता भएका छन् भने हजारौ विस्थापित छन्।

क्यालिफोर्नियाको आगलागीमा मर्नेहरूको संख्या १७ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि भएको आगलागीमा मर्नेहरूको संख्या १७ पुगेको छ ।  क्यालिफोनिर्याको हजारौं हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौँ मानिसहरू बेपत्ता भएका छन् भने हजारौं विस्थापित छन्।

बालाजु औद्योगिक क्षेत्रमा आगलागी हुँदा १२ लाखकाे क्षति

बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए ।

नवदुर्गा हल अगाडी आगलागी

भक्तपुर नगरपालिका– १ इताछेंस्थित नवदुर्गा हल अगाडीकाे एक घरमा आज बिहान आगलागी भएको छ । नवदुर्गा हल अगाडी रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाैं तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा १५ लाख बराबरको क्षति , २ घाईते

दसैं रमझममा चलिरहँदा विद्युत सर्ट भई आगलागी भएपछि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एक घर जलेको छ । बुधबार राति एक्कासी आगलागी हुँदा राजापानीका ईश्वर खड्काको घर जलेको थियो । ‘ ढुंगामाटोले बनेको दुई तले घरमा आगलागी हुँदा खड्काको ४ लाख नगद, सुनचाँदी लगायत जल्दा १३ लाख ८० हजार बराबरको क्षति भएको छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले भने । आगो निभाउनेक्रममा स्थानीय दलबहादुर खड्का र गणेश खड्का घाईते भएका छन् ।

पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ।

आगलागीमा एकै परिवारको ४ को मृत्यु

दसैंको पहिलो दिन घटस्थापनामै मोरङको कानेपोखरीमा दुखद घटना भएको । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा विहीबार विहान भएको आगलागीमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

विद्युत सर्ट हुँदा घरमा आगलागी

विद्युत सर्ट हुँदा सल्किएको आगोले खोटाङमा एक घर नष्ट भएको छ । विद्युत सर्ट हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका संगीता कट्वालको दुई तले घर जलेर नष्ट भएको हो ।

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४को मृत्यु

मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको छ।

त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ।

रेडियो स्टेशनमा आगलागी हुँदा एक लाख भन्दा बढीको क्षति

विद्युत सर्ट हुँदा खोटाङको रुपाकोट सामुदायिक रेडियोमा आगलागी भएको छ । बिहीबार बिहान सोलारको व्याट्री र इन्भर्टर राखिएको कोठामा अचानक आगो लाग्दा दिक्तेलस्थित रेडियोको अपलिंक स्टुडियोमा आगलागी भएको हो । आगलागीमा एफएमको एक लाख बढीको क्षति भएको स्टेशन मेनेजर सूर्य तामाङले बताए।

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ।

आगलागीबाट २० लाखको क्षति

महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा शनिबार बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।

दुगडको गोदाममा आगलागी

केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी भएको छ । आज (शनिबार) दिउँसो ४ः१५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । बाँकेका प्रहरीप्रमुख एसपी टेकप्रसाद राईले आगो कसरी लाग्यो भन्नेबारे नखुलेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्