न्यूयोर्क – अमेरिकाको क्यालिफोनिर्या राज्यमा भएको भीषण आगलागीका कारण ७०० घरहरू पूर्ण रूपमा ध्वंत भएका छन् ।
यो क्यालिफोर्नियाको इतिहासमा अहिलेसम्मकै ठूलो आगलागी हो ।
करिब एक हजार वर्ग किलोमिटरमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि हजारौको संख्यामा अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको थियो ।
वर्षाका कारण आगलागी नियन्त्रण केही सहज भएको अधिकारीहरूको दाबी छ ।
आकस्मिक् रूपमा तापक्रम बढेका कारण आगलागी भएको वैज्ञानिहरूको ठहर छ । गत अक्टोबरमा क्यालिफोर्नियाको एक जंगलमा लागेको आगोका कारण ४० जनाको मृत्यु भएको थियो । भने १० हजार भन्दा बढी घर नष्ट भएको थियो ।
प्रकाशित: ९ पुस २०७४ ०२:५२ आइतबार