९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा लक्ष्यको तुलनामा ४ सय प्रतिशत राजस्व

रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको हो ।

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।

खर्चभन्दा राजस्व बढी

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो।

महत्वाकांक्षी ३५ प्रतिशतको लक्ष्य पूरा हुने संकेत

चालु आर्थिक वर्षमा ३५ प्रतिशतको महत्वाकांक्षी राजस्व असुलीको लक्ष्य राखेको सरकारले पहिलो महिना साउनमा लगभग पूरा गरेको छ।

राहदानीबाट ११ लाख राजस्व संकलन

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्व संकलन गरेको छ।

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।

घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व

घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पाले आर्थिक वर्ष ०७४–०७५ मा ९ लाख ४६ हजार २ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ।

जलविद्युत आयोजनाले तिरेनन् राजस्व

पाँचथरमा अबौँ लगानीमा निर्माण भइरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा ढुंगा, गिटी, बालुवा लगायतका सामग्री प्रयोग गरेवापतको राजस्व बुझाएका छैनन्।

राजस्व संकलनमा वृद्धि

जिल्लामा गएको आर्थिक वर्षमा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयलले जानकारी दिएको छ।

कामभन्दा राजस्व असुलीमै ध्यान

मुलुक संघीयतामा गएसँगै राज्यका तीनै निकाय संघ, प्रदेश र स्थानीय तहको ध्यान सर्वसाधारणलाई सेवासुविधा दिने र विकासका काम गर्नेभन्दा राजस्व असुलीमा केन्द्रित भएको छ।

गाडी, इन्धन र औद्योगिक कच्चा पदार्थबाट धेरै राजस्व

देशको सबैभन्दा बढी कारोबार हुने वीरगन्ज भन्सार भएर यो वर्ष आयात भएका वस्तुमध्ये विभिन्न किसिमका सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको रुपमा भित्र्याइएका विभिन्नखाले वस्तु रहेका छन् ।वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा एक खर्ब ३१ अर्ब ३३ लाख १७ हजार राजस्व असुली गरेकामा सबैभन्दा बढी राजस्व दिने वस्तुमा जिप, कार, भ्यान रहेका छन् ।

भैरहवा भन्सारले राजस्व लक्ष्य भेटेन

भैरहवा भन्सारले यसपटक राजस्व संकलनमा लक्ष्य भेटाउन सकेन । गत आर्थिक वर्षमा उसले लक्ष्यभन्दा झन्डै १३ प्रतिशत कम राजस्व असुलेको छ । आर्थिक वर्ष २०७४-७५ मा भैरहवा भन्सारले ७० अर्ब आठ करोड ३७ लाख राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा ११ अर्ब ३५ करोड रुपैयाँले कम हो।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

वीरगन्जबाट डेढ अर्बभन्दा बढी राजस्व

प्रमुख भन्सार नाका वीरगन्जले सोमबार सकिएको आर्थिक वर्ष २०७४-७५ मा देशलाई एक सय ६१ अर्बभन्दा बढी भन्सार राजस्व दिएको छ । यहाँ रहेको वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गरी यो परिमाणमा राजस्व संकलन भएको हो।

प्रदेश नम्बर ४ : राजस्व ६०/४० को अनुपातमा बाँडिने

प्रदेश सरकार र स्थानीय तहको अधिकार भित्रका सूचीमा रहेको करहरु आनुपातिक रुपमा वितरण गरिने भएको छ। प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को राजस्व र वार्षिक व्ययको अनुमान प्रदेशसभा बैठकमा पेश गर्दै राजस्वलाई स्थानीय र प्रदेश सरकारले संकलन गर्ने र राजस्व आनुपातिक रुपमा वितरण गरिने जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्