९ आश्विन २०८१ बुधबार
image/svg+xml

राजस्व असुली लक्ष्य महत्वाकांक्षी

मुलुक संघीयतामा गएको तीन वर्षपछि सरकारले राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट ल्याउँदैछ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार दुवै सदनको संयुक्त बैठकसमक्ष आगामी आर्थिक वर्ष २०७५/७६ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दैछन्।

धरहराको राजस्व उठाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रको दोहन गरी सम्झौताविपरित व्यवसाय गर्दै आएको साइड वाकर्स ट्रेडर्स प्रालिसँग राजस्व उठाउन कुनै प्रक्रिया थालेको छैन । भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण गर्न महानगरले त्यहाँ रहेका संरचना शनिबार हटाए पनि राजस्व उठाउन भने कुनै निर्णय गरेको छैन । शुक्रबार बसेको कार्यापालिका बैठकले समेत संरचना हटाउने मात्रै निर्णय गरेको छ ।

राजस्व नीति : विचलन र सुधार

अहिले नेपालका तीनवटै तहका सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन् । संघीय सरकारले यसपालिको बजेट निर्माण केही पृथक ढंगले गर्नुपर्ने अवस्था रहेकाले बजेट तर्जुमा कार्य चुनौतीपूर्ण बनेको छ।

राजस्व असुली ‘फ्लोर’भन्दा माथि उठेन

अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकामा हुने अनियमितता रोक्न ‘मुहान सफा गर्ने’ बारम्बार बताए पनि वर्षौंदेखिको व्यापारी र कर्मचारीको ‘दस्तुरी’को जालो भत्काउन सकेका छैनन्।

अन्तरिम आदेशले १ खर्ब राजस्व अपचलन

सरकारले हालै प्रकाशित गरेको श्वेतपत्रले सरकारी ढुकुटी रित्तिएको कुरा उठेको छभने विपक्षी दलले विगत २५ वर्षयता ६२ गुणाले राजस्व बढेको कुरा उल्लेख नगरेको प्रसंग उठाएको छ।

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।

६१ करोड राजस्व छलीमा अख्तियारको अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको सवा ६१ करोड रुपैयाँ राजस्व छलीको विषयमा पनि अनुसन्धान थालेको छ।

६१ करोड राजस्व छली

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

सरकारले जारी गर्‍याे श्वेतपत्र, राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन

अर्थ मन्त्रालयले स्वेतपत्र जारी गरेको छ। हालको मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन मन्त्रालयले स्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा दीर्घकालफन संरचनात्मक सम्स्या र कमजोरी रहेको बताइएको छ। अयको ९० प्रतिशभन्दा बढी अंश उपभोगमा नै खर्च हुन गई बचत न्यून हुने गरेको उल्लेख छ। आर्थिक, समाजिक, भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधान आयात हुने भएकोले उत्पादन लागत र व्यापार घाटा बढ्दै गएको बताइएको छ।

दैनिक ३५ करोड राजस्व लुट !

भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ।  चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो।

६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन

कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्म लक्ष्यको १३०.६१ प्रतिशत राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ ।

यातायातमा १२ अर्ब राजस्व संकलन

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब एक करोड ९६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्