सरकार नयाँ र पुराना राजनीतिक दलको मिश्रण मात्र होइन, व्यक्तिहरू पनि नयाँ र पुराना तथा युवा, प्रौढ र वृद्ध गरी तीनवटा पुस्तालाई प्रतिनिधित्व गर्ने उमेर समूहका छन्।
यो बेला विश्वका आर्थिक, सामाजिक तथा मानवीयसमेतका सम्पूर्ण पक्ष कोभिड–१९ को महामारीको चरम चपेटाबाट गुज्रिरहेका छन् । यसबाट विश्वका १९लाख मानिसले ज्यान गुमाइसकेका छन् भने नेपालमा पनि मृत्युवरण गर्नेका संख्या झण्डै दुई हजार पुग्न लागेको छ ।
अहिले नेपालका तीनवटै तहका सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन् । संघीय सरकारले यसपालिको बजेट निर्माण केही पृथक ढंगले गर्नुपर्ने अवस्था रहेकाले बजेट तर्जुमा कार्य चुनौतीपूर्ण बनेको छ।