९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

गाडी, इन्धन र औद्योगिक कच्चा पदार्थबाट धेरै राजस्व

वीरगन्ज भन्सारमा आयातित गाडीहरु । तस्बिर : रितेश/नागरिक

वीरगन्ज -  देशको सबैभन्दा बढी कारोबार हुने वीरगन्ज भन्सार भएर यो वर्ष आयात भएका वस्तुमध्ये विभिन्न किसिमका सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको रुपमा भित्र्याइएका विभिन्नखाले वस्तु रहेका छन् ।वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा एक खर्ब ३१ अर्ब ३३ लाख १७ हजार राजस्व असुली गरेकामा सबैभन्दा बढी राजस्व दिने वस्तुमा जिप, कार, भ्यान रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा आयातसमेत १७ प्रतिशतले बढेको यस्ताखाले साना सवारी ११ हजार एक सय ७४ वटा भित्र्याउँदा १९ अर्ब तीन करोड १४ लाख ३३ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । पोहोर साउनदेखि असारसम्म यस्ता गाडी नौ हजार चार सय ७० वटा आयात भएको थियो । यो वर्ष गाडी आयातमा भने नौ अर्ब ८४ करोड ३६ लाख ३४ हजार रुपैयाँ बिदेसिएको छ।

अघिल्लो वर्षको तुलनानमा पाँच प्रतिशतले आयात वृद्धि भएको मोटरसाइकल एक लाख २९ हजार तीन सय ९८ थान भित्र्याउँदा ११ अर्ब ३३ करोड ३५ लाख ८१ हजार रुपैयाँ राजस्व भन्सारलाई प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३-७४ मा भने एक लाख २३ हजार तीन सय नौ मोटरसाइकल आयात भएको थियो।

त्यस्तै चार हजार दुई सय ६ वटा बस ट्रकका चेसिस आयातबाट तीन अर्ब ३७ करोड ६३ लाख १८ हजार एक हजार, चार सय १२ डबल क्याबिन पिकअप गाडी आयातबाट अर्ब २३ करोड ८७ लाख ८१ हजार, एक हजार ८ सय ७२ वटा ट्रक मिनी ट्रक आयातबाट एक अर्ब ६७ करोड ७६ लाख ६० हजार र एक हजार ६ सय २६ सिंगल क्याबिन पिकअप आयातबाट एक अर्ब १६ करोड ३० लाख २७ हजार रुपैयाँ राजस्व भन्सारले असुलेको छ।

भन्सार राजस्वको अर्को सबभन्दा ठूलो स्रोतको रुपमा विभिन्न किसिमका रहेका छन् । आव ०७४-७५ मा सात लाख ७४ हजार आठ सय ७५ किलोलिटर डिजेल वीरगन्ज नाकाबाट भित्रिएको छ । हजार लिटर बराबर एक किलोलिटर हुन्छ । यति परिमाणमा डिजेल आयातमा आठ अर्ब चार करोड ५५ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । त्यस्तै दुई लाख ६१ हजार दुई सय ८० किलोलिटर पेट्रोल आयातबाट ६ अर्ब ७३ करोड ३५ लाख ७४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

एक लाख ७३ हजार एक सय ४० किलोलिटर हवाई इनधन आयात गर्दा एक अर्ब १७ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । दुई लाख २८ हजार आठ सय ५४ टन एलपी ग्यास (खाना पकाउने ग्यास) आयात गर्दा दुई अर्ब ९७ करोड ८१ लख २५ हजार राजस्व भन्सारले पाएको छ । १२ हजार एक सय २८ किलोलिटर मट्टीतेल आयात गर्दा दुई करोड ४३ लाख ६७ हजार रुपैयाँ भन्सारले राजस्व पाएको छ।

समग्रमा वीरगन्ज भन्सारले पाँच किसिमका इन्धन आयातबाट १८ अर्ब ९५ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । इनधन आयातमा भने आम्दनीभन्दा साढे चार गुणा बढी स्वदेशी पैसा बिदेसिएको छ । वीरगन्ज नाका भएर आयात भएको इनधन खरिदमा आव ०७४÷७५ मा ८५ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ बिदेसिएको छ।

त्यस्तै वीरगन्ज भन्सार नाकाबाट आयात भएका प्रमुख वस्तुमध्ये विभिन्नखाले औद्योगिक उत्पादनका कच्चा पदार्थको योगदान समेत राजस्व असुलीमा उच्च छ । सिमेन्ट बनाउने क्लिंकर लगायत बस्तु, विभिन्नखाले फलाम उद्योगका कच्चा पर्दाको रुपमा भिœयाइने फलाम, भटमासको कच्चा तेललगायत औद्योगिक कच्चा पदार्थसँगै उद्योगमा लाग्ने पथर कोइला र विभिन्नखाले मेसिनरी पार्टपुर्जा राजस्वको मुख्य स्रोत रहेका छन् । आयात भएका अरु मुख्य वस्तुमा एलोपेथिक औषधि, तयारी कपडा, ट्याक्टर, अटोरिक्सा र धान रहेका छन् ।



 

प्रकाशित: १० श्रावण २०७५ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App