९ आश्विन २०८१ बुधबार
image/svg+xml

टुटल भ्याट प्रकरण : राजस्वको छानबिन सुरु

राइड–सेयरिङ एप टुटल सञ्चालन गरिरहेको हाइपर लुक्स नेपालले भ्याटमा दर्ता नभई उपभोक्ताबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ। हाइपरले आफू भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको समाचार बुधबार प्रकाशित भएपछि विभागले अनुसन्धान सुरु गरेको हो।

सरकारी ढुकुटीमा डेढ खर्ब

सरकारले विगत वर्षमा जस्तै खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब डेढ खर्ब रुपैयाँ थुप्रिएको छ। राजस्व उठाउने तर पुँजीगत खर्च गर्न नसक्ने प्रवृत्तिका कारण माघ ३ गतेसम्म सरकारले खर्च गर्न पाउने रकम नै एक खर्ब ५४ अर्ब रुपैयाँ पुगेको हो।

लक्ष्यभन्दा बढी राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले चार महिनादेखि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना लक्ष्य भेटाउन नसकेको कार्यालयले असोजयता लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो।

राजस्व संकलन ५५%, पुँजीगत खर्च १७%

चालु आर्थिक वर्षको लक्ष्यअनुसार विकास बजेट खर्च गर्न नसकेको सरकारले राजस्व भने लक्ष्यअनुसार नै संकलन गरेको छ। सरकारी आय–व्ययको तथ्यांक राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सरकारको पुँजीगत खर्च १७ प्रतिशतमा सीमित छ। यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ५४.९९ प्रतिशत राजस्व संकलन गरेको छ।

चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेष अदालत काठमाडौंले एमिकस क्युरी (अदालतलाई सुझाव दिने विज्ञ) झिकाउने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश सोमबार गरेको हो।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङविरुद्द राजश्व छलीको मुद्दा

वैदेशिक रोजगार व्यवसायी संघका  पूर्व अध्यक्ष बलबहादुर तामाङलाई राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले स्काई ओभरसिज सर्भिसेज प्रालीका सञ्चालक तामाङले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको कसुरमा  १९ कारोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिमाना दाबी र ३ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

सरकार खर्चमा असफल, कोषमा ३९ अर्ब बचत

चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब रुपैयाँ बचत भएको छ।

फ्रिक्वेन्सी लिन अब प्रतिस्पर्धा

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आफूलाई चाहिने फ्रिक्वेन्सी लिन अब प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मूल्यमा फ्रिक्वेन्सी पाउँदै आएका सेवा प्रदायकले अब भने प्रतिस्पर्धाका आधारमा फ्रिक्वेन्सी लिनुपर्नेछ।

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजस्व

वीरगन्जबाट चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा ६६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ।

लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। मंसिर महिनामा ९९ करोड २७ लाख १० हजार राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ।

‘धरातल नबुझेको हल्का टिप्पणी’

मुलुकले पूर्वाधारका आयोजना बनाउन वैदेशिक ऋणमा भर पर्नुपरेको एक दशकभन्दा बढी भइसकेको छ। सरकारले उठाउने राजस्वले चालु खर्च धान्न धौ–धौ भएको पनि धेरै भइसकेको छ।

राजस्व छल्ने ४२ फर्म कारबाहीमा

राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व छलीमा संलग्न ४२ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।

हुलाकको राजस्व घट्दो

विज्ञान प्रविधिको विकाससँगै धरै कुरा ओझेलमा परे। त्यही मध्येको एक हो हुलाक। विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चार प्रविधिको विकाससँगै ओझेलमा प-यो। कुनै बेला बिहान १० बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ।

वीरगन्जबाट चार महिनामा ५३ अर्ब राजस्व

देशको प्रमुख व्यापारिक सहर वीरगन्जस्थित दुई भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५३ अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।

पैसाको छेलोखेलो

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्