२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवक मिर्गौला पीडित

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक जना बिरामीको मृत्यु भएको छ। चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान मृत्यु भएको हो।

अमेरिकामा ५ जना नेपालीमा कोरोना संक्रमण

अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी पाँच जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , ५० र अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

कोरोनाः मानवीय संकट र विश्वास

एडेलेइड इटालीको उत्तरी क्षेत्र पीडमन्टबाट हुन्, जो मेरै विश्वविद्यालयमा मानव अधिकार र बहुसंस्कृतिवादको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी छिन्। इटाली भन्ने बित्तिकै कोरोना भाईरस (कोभिड –१९) माहामारीको यूरोप केन्द्रबिन्दु, जहाँ दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै छन् र सयौं मानिसहरु मरिरहेका छन्।

कोरोनाविरुद्धको लडाईमा नेपालसँग हामी साथ छौं : चीन

कोरोना भाइरसलाई परास्त गर्ने दिशामा अघि बढेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो।

बेलायतमा लकडाउनको घोषणा, के छ नेपालीको तयारी ?

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको प्रकोप रोक्नको लागि राष्ट्रव्यापी तालाबन्दी (लकडाउन) को घोषणा गरेका छन्। प्रधामन्त्री जोनसनले सोमबार साँझ एक टिभी सम्बोधन मार्फत देशवासीका नाम दिएको सन्देशमा सरकारको पछिल्लो घोषणालाई उल्लंघन गर्ने विरुद्ध प्रहरीले जरिवाना गराउने सक्ने चेतावानी समेत दिएका छन्।

अपरिहार्य ‘लकडाउन’

कोरोना भाइरस डिजिज अर्थात् कोभिड–१९ ले पुरै विश्वलाई त्रसित तुल्याइरहेको बेला सरकारले सोमबार साँझ साताव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। एकजना संक्रमित भएको जानकारी सार्वजनिक भएलगत्तै थप सावधानी अपनाउन सरकारले यो कठोर कदम चालेको हो।

गरिबी र खाद्य संकट बढाउँदै कोभिड

सरकारले कोरोना भाइरस (कोभिड–१९) जन्य विश्वव्यापी स्वास्थ्य संकट गहिरो बन्दै गएको अवस्थामा भर्खरै नेपालमा यसको प्रकोप फैलन नदिन केही नीतिगत निर्णय लिएको छ। सोमबारबाटैै लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै अत्यावश्यक १९ किसिमका सेवाको प्रवाहबाहेक अन्य सरकारी सेवा बन्द गरिएका छन्। यी निर्णय निकै ढिलोगरी मात्र आएका हुन्। छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसको संक्रमण फैलँदै गएको छ।

मास्क किन्नेको भिड

कोरोना भाइरसको त्रास बढेपछि मास्क किन्नेको भिड देखिएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा लकडाउनको पहिलो दिन मास्क किन्नेको भिड देखिन्थ्यो। सरकारले आजबाट एक साता लकडाउन गरेको छ। सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द गरेको छ भने सबै सवारी सधान चलाउन पनि रोक लगाएको छ।

विदेशबाट फर्किएकामाथि निगरानी

विदेशबाट फर्किएका नेपालीले अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न सरकारले गरेको व्यवस्था पालना गरे नगरेको विषयमा निगरानी हुने भएको छ।

सुनशान विमानस्थल (फोटो फिचर)

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गरेपछि सहर सुनसान छ। सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द गरेपछि विमानस्थल पनि सुनसान छ। मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ।

लकडाउन प्रभाव : सुनसान सडक (फोटो फिचर)

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गरेको छ। आजबाट लकडाउन गरिएको हो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको छ।

महामारी रोक्न घर नै सुरक्षित

कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।

आजबाट देशभर साताव्यापी लकडाउन

सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि देशलाई पूर्ण रूपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले जोखिम बढ््दै गएको निष्कर्षसहित न्य्ूनीकरणका लागि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

यूएईमा कोरोना संक्रमित दुई नेपालीलाई स्वास्थ्यलाभ

यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बनेका दुई नेपालीलाई स्वास्थ्यलाभ भएको छ। यूएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार उनीहरु संक्रमण मुक्त भएका हुन्। राजदूत ढकालले फेसवुकमा लेखेका छन्, 'खुसीको खबर- युएइको स्वास्थ्य मन्त्रालय (Ministry of Health and Prevention) ले जनाएअनुसार COVID-१९ बाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको छ। चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद।'

भोलिदेखि देशभर पूर्ण लकडाउन गर्ने सरकारको निर्णय

सरकारले देशभर पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि  एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्