२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रामेछापमा कोरोना संक्रमण रोक्न उच्च सतर्कता

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप जिल्लामा भित्रिन नदिनका लागि जिल्लामा उच्च सर्तकता अपनाइएको छ। स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमण हुन नदिनका लागि जिल्ला तहमा  सतर्कता बढाउनुका साथै जोखिम नियन्त्रणको लागि पूर्वतयारी गरिएको जनाएको छ।

आजदेखि विदेशी पर्यटक प्रवेशमा रोक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिनका लागि विदेशी पर्यटकको प्रवेशमा रोक लगाइएको छ। कोरोना भाइरस फैलिएपछि जिल्लामा पर्यटकको आगमन घटेको थियो।

तत्काल पूर्ण ‘लकडाउन’ गर

विश्व यति बेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ। समकालीन विश्व व्यवस्थाबाट हामी अछुत छैनौं। यस्तो बेला सरकारले असाधारण उपाय अवलम्बन गर्नु आवश्यक छ। अहिलेसम्म हामी कोभिड १९ को प्रभावबाट जोगिएका छौं भन्ने भ्रम पनि टुटिसकेको छ। एक १९ वर्षीयामा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि यसको सन्त्रास हामीबीच फैलिइसकेको छ।

प्रदेश सरकारले १० करोडको कोष बनाउँदै

प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणकालागि १० करोडको कोष बनाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १० करोडको कोष खडा गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि पाँचथर ‘लकडाउन’

कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्नको लागि जिल्लाका अत्यावाश्यक बाहेकका सबै सवारी साधानहरु बन्द गर्ने तयारी भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माका अनुसार मंगलबार विहानदेखि बाहिर जिल्लाबाट सवारीसाधन प्रवेश गर्न पाउने छैनन्।

मास्कको प्रयोग कसरी गर्ने ?

विश्वभरी कोभिड – १९ (कोरोना) फैलिएपछि मास्कको माग बढेको छ नै। त्यो भन्दा बजारमा मास्कको कृत्रिम अभाव पनि बढेको छ। हामी त्यही मास्कको प्रयोग कसरी गर्ने र कस्ता माक्स सुरक्षित हुन्छ भन्ने विषयमा चर्चा गरौं।

नाका बन्द भएपछि ४ सय बढी नेपाली सुनौलीमा अलपत्र

कोभिड–१९ को त्रासका कारण भारतका बिभिन्न ठाँउबाट नेपाल फर्केका नेपालीहरु अहिले भारतीय सिमावर्ती बजार सुनौलीमा अलपत्र परेका छन्। रुपन्देहीको बेलहिया नाका सिल भएसगै रुपन्देहीको सिमावर्ती भारतीय बजार सुनौलीमा ४ सयको हाराहारीमा नेपालीहरु अलपत्र परेका हुन्।

चितवन 'लकडाउन', बाहिरी जिल्लाबाट आएका सवारीसाधनलाई प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ।

कोरोना के हो, कसरी बच्ने ?

अहिले विश्वभर कोरोना भाइरसको त्रास छ। विश्वका १८० भन्दा धेरै देशमा यो फैलिइसकेको छ। नेपालमा पनि सोमबार एक जना युवतीमा कोरोना देखिएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिएन्।

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

साना व्यवसायीहरुलाई राहात दिलाउन चेम्बरको पहल

कोरोना भाईरसको असरबाट जागिर गुमाएका र व्यापारमा असर परेका नेपाली समुदायका लागि चेम्बर अफ कमर्श अमेरिकाले रहात दिलाउन पहल शुरु गरेको छ। खासगरी अमेरिकामा रहेका नेपाली समुदायको व्यपार भनेको ग्यास स्टेसन, रेष्टुरेन्ट, होटल, सूचना प्रविधि हो।

कोरियाबाट कोरोना पाठ : नेपालले के सिक्ने ?

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र आएको छैन यसले जनजिवन नै पूर्णरुपमा अस्तव्यस्त बनाएको छ।

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ

भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ।

चीन र भारतसँगका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका नाका एक साता बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबार १० बजेदेखि नाका बन्द गर्न लागिएको हो।

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ। यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए। शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायिलाई यस्तो बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्