२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मास्कको प्रयोग कसरी गर्ने ?

काठमाडौं- विश्वभरी कोभिड – १९ (कोरोना) फैलिएपछि  मास्कको माग बढेको छ नै। त्यो भन्दा बजारमा मास्कको कृत्रिम अभाव पनि बढेको छ। हामी त्यही मास्कको प्रयोग कसरी गर्ने र कस्ता माक्स सुरक्षित हुन्छ भन्ने विषयमा चर्चा गरौं।

 अहिले बजारमा दुई/तीन प्रकारका मास्कहरु उपलब्ध छन्, कपडाको,सर्जिकल माक्स र धुलोविरुद्धको मास्क। माक्सको अभाव हुँदै गएपछि कतिपय उत्पादकले जुटको मास्क,साधरण कपडाको मास्क समेत बनाए विक्री गरेको दखिन्छ। तर चिकित्सकका अनुसार बजारमा भएका सवै मास्क सुरक्षित नहुन सक्छ। सर्जिकल मास्क,सिलकन प्रयोग गरेमा यसले सुरक्षित राख्रन सक्छ। तर कुनै पनि मास्कले कोरोना पूर्ण रुपमा छेक्न नसक्ने चिकित्सक बताउँछन्।

यसको सट्टा जो व्यक्तिमा कोरोना प्रभावित भएका छन्,उनीहरुले मास्क लगाएमा अरुलाई संक्रमण हुने सम्भावना कम हुन्छ। मास्क लगाइसकेपछि त्यसलाई बीचमा घरी–घरी निकाल्ने र हातले चलाउने गर्नु हुँदैन।

प्रयोग गरेपछि निश्चित स्थानमा त्यसलाई राख्नु पर्छ। बालवालिकाले चलाउने ठाउँमा राख्नु हुँदैन। घरमा कुनै व्यक्तिमा मौसमी फ्लु या कोरोना संक्रमण भएको छैन भने मास्क लगाउनु पर्दैन तर मानिसहरुको बढी हुने स्थानहरु फलफूल पसल,तरकारी बजार जाने क्रममा भने मास्कको प्रयोग गर्नु उचित रहेको चिकित्सकको सुझाव छ।

सामान्य काम गर्दा र आफु स्वस्थ छु भन्ने लागेमा मास्क लगाउनु पर्दैन। हामो मस्तिष्कमा मास्क अड्काउने बित्तिकै  सुरक्षित हुन्छु भन्ने सोंच बनेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १० चैत्र २०७६ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App