२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना रोकथामका लागि गाउँपालिकामा बजेट रकमान्तर

खोटाङको साकेला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एउटा योजनाको २० प्रतिशत बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।

फुर्सदमा हेर्नुस् १० नेपाली सिनेमा

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। अधिकाशं मानिसको फुर्सदिला समय भएर पट्यारलाग्दो भएको छ, भने कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली सिनेमा सिफारिस गरेका छौं ।

चीनले अनुदानमा दिएको मेडिक किट भोली आइपुग्ने

चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) जाँचमा अत्यावश्यक मेडिकल किट शनिबार काठमाडौं आइपुग्ने भएको छ।

डोल्पाका स्वास्थ्यकर्मीले बनाए पीपीई

जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। कोरोना भाइरस (कोभिड-१९) ले देश लकडाउन भएको अवस्थामा स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट व्यक्तिगत सुरक्षा उपकरण आफै निर्माण गरेर प्रयोगमा ल्याएका हुन। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका पीपीई निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन्।

घरबाहिर निस्कन निषेध गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेस खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि घरबाहिर निस्कन आफैलाई निषेध गर्न आग्रह गरेको छ। कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै रोग सरेपछि उपचार गर्नुभन्दा रोग सर्न नदिनु नै सबैभन्दा उत्तम उपाय भएकाले ‘लकडाउन’को अवधिमा घरबाहिर निस्कने कामलाई निषेध गर्न आग्रह गरेका हुन्।

‘लकडाउन’को मर्मलाई पालना गर्न युवा संघको आग्रह

राष्ट्रिय युवा संघ खोटाङले ‘लकडाउन’को मर्मलाई पालना गर्न आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लागू गरेको ‘लकडाउन’लाई कतिपयले गम्भीरताकासाथ नलिएको देखिएकाले आफ्नै स्वास्थ्यको सवालमा हेलचक्र्याँई नगर्न राष्ट्रिय युवा संघले आग्रह गरेको हो।

वडाध्यक्षको समन्वयमा अत्यावश्यक बस्तु उपलब्ध गराइने

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले  कोष स्थापना गरेको छ। भाइरसका कारण उत्पन्न भएको विपदलाई तत्काल व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकाको बैठकले ११ लाख ५१ हजार रुपैया विनियोजन गर्दै कोष खडा गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख मेयर हरि प्रसाद अधिकारीले जानकारी दिए।

१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव

महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।

विदेशबाट फर्केकालाई इमान्दारीसाथ क्वारेन्टाइनमा बस्न आग्रह

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी युवतीसँगै एउटै विमानमा नेपाल आएका सिन्धुपाल्चोकका तीन जना ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन्।

पारदर्शिता पहिलो सर्त

कोरोना भाइरस (कोभिड–१९) संक्रमणमाथि विजय प्राप्त गर्ने एकमात्र अभ्यास पारदर्शिता हो । वास्तवमा पारदर्शी व्यवहार पहिलो कर्तव्य हुनुपर्छ । पारदर्शितामा प्रत्येक नागरिकदेखि सरकारसम्मले जोड दिनुपर्छ ।

लक डाउन : चीनको अनुभव

जीवनको मूल्य त स्वयं स्वविवेकले बुझ्नुपर्ने विषय हो । त्यसमा पनि रोगव्याधिको प्रकोपका बेला हामी गम्भीर र संवेदनशील भएनौँ भने परिणाम घातक नहोला भन्न सकिन्न। ‘लक डाउन’ एउटा माध्यम हो राष्ट्रिय सुरक्षाका लागि अर्थात् मुलुकभर रोग नफैलियोस् भन्नका खातिर ।

इटलीमा कसरी भइरहेको छ अन्तिम संस्कार ?

जब आफ्ना प्रियजनको मृत्यु हुन्छ, उनलाई सम्मानपूर्वक अन्त्येष्टि र अन्तिम पटक हेर्ने सबैको इच्छा हुन्छ। तर कोरोना भाइरसको महामारीले आफ्ना प्रियजनलाई अन्तिम पटक हेर्ने र अन्त्येष्टि गर्ने मौका समेत इटलीका नागरिकलाई दिएन। यो अवस्थाले त्यहाँ अझ दु: ख बढाएको छ।

प्रदेश १ : कोरोना त्रास, नमुना परीक्षण सुस्त

प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा १९ जनाको नमुना परीक्षण भएको छ। यो प्रदेशमा पैचालीस लाखभन्दा बढी जनसंख्या छ।

चिकित्सकलाई पिपिई अभाव

कोरोना भाइरस (कोभिड—१९) संक्रमित युवती चढेको कतार एयरबाटै नेपाल आएका बागलुङ ढोरपाटन–५ का अजय विकको स्वास्थ्य परीक्षण गर्न चिकित्सक उनको घरमा पुगे। तर चिकित्सक आफूसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नभएका कारण विकको स्वास्थ्य जाँच नगरी दुई मिटर टाढैबाट सामान्य सोधपुछ गरेर फर्किए।

ढिलो रिपोर्टले उपचारमै असर

कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो। बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्