२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनबाट स्वास्थ्य सामग्री आइतबारसम्म आइपुग्ने

नेपालले कोभिड १९ नियन्त्रणका लागि चीनबाट खरिद गरेका औषधि तथा उपकरण आइतबार आइपुग्ने भएका छन्। ती सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत ल्याउन लागिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद गरिएकामा कोरोनासँग लड्न आवश्यक पर्ने सबै सामग्री रहेकोबताए।

सात सय भन्दा बढीको कोरोना परीक्षण

सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

आपतकालिन रणनीति बनाउन सुझाव

जनस्वास्थ्यका लागि नागरिकले कोरोना संक्रमण फैलिन नदिन आपतकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन्।

तनहुँमा पीपीई अभाव, स्वास्थ्यकर्मी भन्छन्– जोखिम मोलेर उपचार गर्दैछौंं

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बिरामीको उपचारार्थ खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आवश्यक हुन्छ। तनहुँमा भने पीपीईको अभाव देखिएको छ। पीपीई नहुदाँ यहाँका स्वाथ्यकर्मीले असुरक्षित महसुस गर्ने थालेका हुन्।  कोरोनाको शंकास्पद बिरामी स्वास्थ्य परिक्षण गर्न आएमा असुरक्षित तरिकारले काम गर्नुपर्ने बाध्यता छ।

जुम्लामा ‘थर्मल स्क्यानर’ नहुँदा सकस

जिल्लाको हिमा गाउँपालिका हेल्थ डेस्क स्थापना भएको दुइ साता बित्यो। ६ स्थानमा क्वारेन्टाइन छन् । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ नहुदा चेकजाँचमा समस्या भईरहेको छ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही ‘थर्मल स्क्यानर’ खरिद गर्नका लागि धेरै ठाउँ पहल भएपनि पाउन नसकिएको बताउँछन्।

१४ दिन क्वारेन्टाइन राखिने

नेपाल भारत सिमानाका बेलहिया–सुनौली दशगजामा अलपत्र परेका नेपालीलाई बिहीबार दिउँसो १२ बजे उद्वार गरिएको छ। भारतको विभिन्न राज्यबाट आएका ४ विद्यार्थीसहित २९ जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनमा क्वारेन्टाइनमा राखिएको छ।

व्यक्तिगत पहलमा सुरक्षा सामग्री बनाएर स्थानीय सरकारलाई हस्तान्तरण

कोरोना त्रासका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अभाव उच्च छ । यहीबेला झापा मेचीनगरका युवा सागर शिवाकोटीले व्यक्तिगत मिहेनतमा पीपीइ सेटको ‘फेस शिल्ड’ बनाएका छन् ।

भारतबाट आएका थप ६ जनालाई कटारी क्वारेन्टाईनमा राखियो

भारतबाट फर्केका उदयपुरका थप ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ। भारतको सिलीगुढीमा कार्यरत उनीहरु नेपाल फर्कने क्रममा झापा प्रहरीको समन्वयमा बिहीबार विहान उदयपुर आईपुगेका हुन्।

खोटाङका विभिन्न २० स्थानमा हेल्थ डेस्क

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि खोटाङका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। कोरोनाको संक्रमण फैलिन नदिनका लागि स्थानीय तहले विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरेको हो। कतिपय स्थानीय तहले आवश्यकताका आधारमा अहिले पनि हेल्पडेस्क स्थापनाको तयारी गरिरहेका छन्।

कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब

प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको रुपैयाँ कोष खडा गर्ने  निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ।

खाद्यान्न व्यवस्थापन

कोरोेना भाइरस (कोभिड—१९) का कारण अहिले विश्व दुुई किसिमबाट आतंकित छ । पहिलो, यसको संक्रमणबाट कसरी जोगिने भन्ने । दोस्रो, लकडाउनमा कसरी खाद्यान्न जोहो गर्ने भन्ने । स्पेन, इटलीजस्ता कतिपय मुलुकले अति आवश्यकीय सामान लिन बजारमा सर्वसाधारणलाई सजिलै जान दिएका छैनन् । अमेरिकालगायत विकसित मुुलुकका ठूल्ठूला डिपार्टमेन्टल स्टोरहरूमा सामान लिन उपभोक्ताबीच झगडा नै भएका घटना सार्वजनिक भएका छन् ।

काठमाडौंमा छर्कन थालियो कीटनाशक औषधि (फोटो फिचर)

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन बुधबारबाट सार्वनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

रौतहटको विभिन्न क्वारेन्टाइनमा बीसजना

रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म बीसजना निगरानीमा राखिएका छन्। जिल्ला सुरक्षा समिति रौतहटले हरेक स्थानीय तहमा अनिवार्यरुपमा क्वारेन्टाइन निर्माण गर्ने निर्देशन दिएपछि क्वारेन्टाइनको निगरानीमा रहन बुधवार साँझसम्म बीसजना पुगेका छन्।

काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधी

काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधी छर्कन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्