२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढी र तातोपानी नाकाबाट समान ल्याइने, खाद्यबस्तु होम डेलिभरी मिलाइने

उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्।

यस्ता छन् उच्चस्तरीय कोरोना समन्वय समितका १२ निर्णय

उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले विभिन्न १२ वटा निर्णय गरेको छ।

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाही निवासले ७१ वर्षका राजकुमारमा कोरोनाको लक्षण देखिए पनि उनको अवस्था ठिक रहेको बताएको छ।

लकडाउनको दोस्रो दिन काठमाडौंको अवस्था (फोटोफिचर)

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार पनि काठमाडौं सुनसान देखिएको छ।

नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालतले सबै नाका र अन्तराष्ट्रिय उडान समेत बन्द गरी समस्या परेको अवस्थामा आफ्ना नागरिकलाई देशभित्र छिर्न नदिएको निर्णयका विषयमा छलफल गर्न सरकारलाई झिकाएको छ।सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

अनावश्यक फोनले चिकित्सकलाई हैरानी

कोरोना त्रास फैलिएका बेला सर्वसाधारणलाई फोनबाटै सल्लाह दिने तयारीमा बसेका चिकित्सकहरु अनावश्यक फोन कल र प्रश्नले हैरान बनेका छन्। सरकारले कोरोनाकै लागि भनेर तयार राखेका चिकित्सकहरु अन्य समस्याका विरामीले तारान्तार फोन गरेर सोध्ने गरेको बताउँछन्।

कारोना त्रास : प्रदेश २ मा नाममात्रको तयारी

कतारबाट रोजगार गरि फर्केको तेस्रो दिन खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षिय कृष्णको (नाम परिवर्तन) परिवार अतालियो। परिवारजन उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर स्वास्थ्य जाँच गरायो। स्वास्थ्यकर्मीले ज्वरो कम हुने औषधी दिएर कोरोना भाइरस (कोभिड–१९) को जाँच गराउन सल्लाह दियो।

क्वारेन्टाइनका लागि मदन भण्डारी आँखा अस्पताल भवन तयार

उदयपुर सदरमुकाम गाईघाटस्थित बाँसबारीमा नवनिर्मित ‘मदन भण्डारी आँखा अस्पताल’ भवन कोरोनाबाट बँच्न र बचाउन प्रयोग गर्न दिइने भएको छ। नेपाल नेत्रज्योति संघ शाखा उदयपुरद्वारा निर्मित ४२ कोठो भर्खर निर्माण सकिएको भवन हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) का संभावित संक्रमितको उपचारार्थ आवश्यक आइसोलेसन वार्ड निर्माण गर्नुपरे उपलब्ध गराइने निर्णय भएको छ।

कतार एयरलाइन्सबाट आएकाहरूको खोजी गर्दै प्रहरी

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनालाई प्रहरीले खोजी कार्य सुरू गरेको छ। कतार एयरलाइन्सको विमानबाट चितवन आएकाहरूमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरूङ रहेका छन्।

आइसोलेसनमा उपचाररत विरामीमा कोरोना 'नेगेटिभ'

भिम अस्पतालको आइसोलेसन कक्षमा उपचाररत प्युठानको विरामीमा कोरोना नेगेटिभ देखिएको छ।

प्रदेश तहमा परीक्षणको टुंगो छैन, त्रासमा नागरिक

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोनाविरुद्धको उच्चस्तरीय समन्वय समितिले धरानसहित प्रादेशिक तहमा कोरोना परीक्षण ‘तत्काल थाल्ने’ निर्णय गरेको साता बित्न लाग्दा पनि सुरु हुने छाँट भने अझै छैन ।

अलपत्र परेका ९ जना यात्रुको उद्धार

मंगलबारदेखि देश ‘लकडाउन’ भएको घोषणा गरेसँगै बीच बाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझ बीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था मिलाईएको हो।

फेरी एक जनामा देखियो कोरोना

काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ।

लकडाउनमा चलेका तीन सय सवारी नियन्त्रणमा

कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।

नेपाल- भारत सीमाबाट कर्णालीका ५७ नागरिकको उद्दार, ४३ ल्याइँदै

कर्णाली प्रदेश सरकारले ‘लकडाउन’का कारण नेपाल–भारत सीमा रुपैडीहामा अलपत्र परेका कर्णालीका ५७ जनाको उद्दार गरेको छ। मंगलबार राति उद्दार गरिएका उनीहरुलाई वीरेन्द्रनगरको अशोका होटलमा राखिएको छ। उद्दार गरिएका मध्ये तीन जना बालबालिका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्