७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

क्वारेन्टाइनका लागि मदन भण्डारी आँखा अस्पताल भवन तयार

क्वारेन्टाइन राख्न तयार नवनिर्मित मदन भण्डारी आँखा अस्पताल भवन । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटस्थित बाँसबारीमा नवनिर्मित ‘मदन भण्डारी आँखा अस्पताल’ भवन कोरोनाबाट बँच्न र बचाउन प्रयोग गर्न दिइने भएको छ। नेपाल नेत्रज्योति संघ शाखा उदयपुरद्वारा निर्मित ४२ कोठो भर्खर निर्माण सकिएको भवन हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) का संभावित संक्रमितको उपचारार्थ आवश्यक आइसोलेसन वार्ड निर्माण गर्नुपरे उपलब्ध गराइने निर्णय भएको छ।

संघका सभापति भागवत राउतले बुधबार एक विज्ञप्ती प्रकाशित गरी फैलदो कोरोना संक्रमण नियन्त्रण र निर्मूल गर्न क्वारेन्टाइन वा आइसोलेसन वार्ड बनाउन आवश्यक भए उपलब्ध गराउन संघ तयार रहेको जनाएका छन्। सभापति राउतले विश्वमै महामारीको रुप लिदै गरेको कोरोनाको रोकथाम वा संक्रमितलाई उपचार गर्नु राज्यको प्रमुख दायित्व भएको भन्दै आवश्यक परे क्वारेन्टाइन वा आइसोलेसन प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय शाखाले गरेको बताए।

विज्ञप्तीमा राउतले प्रदेश सरकारले आवश्यक ठाने नवनिर्मित भवनमा क्वारेन्टाइन वा आइसोलेसन वार्ड स्थापना गरी जनताको सुरक्षा गर्न सक्ने बताएका छन्। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई कार्यान्वयन गर्न आग्रह गरिएको विज्ञप्तीमा जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिका र प्रमुख जिल्ला अधिकारीलाई समन्वय र सहकार्यका लागि अनुरोध गरिएको छ।

आँखा अस्पताल सुरु नभईसकेको उक्त भवनमा कम्तीमा ५० जना विरामीको उपचार गर्न सकिने विज्ञप्तीमा उल्लेख छ। महामारी नियन्त्रण गर्न, फैलन नदिन, फैलिइहाले चाँडो उपचार गरी निको पारी नागरिकको ज्युज्यानको सुरक्षा गर्ने प्रदेश सरकारको कर्तव्यलाई नेत्र ज्योति संघको यो मद्धत सहयोगसिद्ध हुने विश्वास विज्ञप्तीमा लिइएको छ।

तीन तले नव निर्मित भवनमा गार्ड कक्ष, काउन्टर, पार्किङ, कम्पाउण्डवाललगायत आवश्यक पूर्वाधारहरु सबै तयार भईसकेको छ भने बाँकी रहेको आलमुनियम भ्mयालढोका ३ दिनभित्र लगाईसक्ने योजना राउतको छ।

उदयपुरमा हालसम्म जिल्ला अस्पतालमा ३ शैय्या, कटारीको बेलसोतमा २ सय शैय्या, बेलटारमा २ शैय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ। ठाउँठाउँमा हेल्थ डेस्क खोलेर नव प्रवेशीको स्वास्थ्य जाँच गरिदै आएको छ भने सबै स्थानीयतहका स्वास्थ्यचौकीमा पनि हेल्थ डेस्क खोलेर भाइरसविरुद्ध सतर्कता अपनाउने क्रम जारी रहेको जिल्ला सुरक्षा सतर्कता समितिले जनाएको छ।

 

प्रकाशित: १२ चैत्र २०७६ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App