२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राउटे समुदायलाई राहत वितरण

भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा दीर्घरोगीलाई घरघरमै निःशुल्क औषधि वितरण सुरू

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरू गरेको छ। गाउँपालिकाले दीर्घरोगीको घरघरमै गएर औषधि वितरण गर्न थालेको हो। लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पु¥याउन थालेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।

लकडाउन मौकामा तरकारीको मूल्य अचाक्ली

लकडाउनको मौका छोपेर व्यवसायीले तरकारीको भाउमा ‘ब्रम्हलुट’ गरिरहेका छन्। चोरबाटो हुँदै तराईका बजारबाट रातारात तरकारी ल्याएर व्यापारीले साविकभन्दा तेब्बर मूल्यमा बिक्री गरिरहेको पाएको छ। सदरमुकामका पसलमा अहिले कुनैपनि सामग्रीको मूल्यसूची नराखिएका कारण चामल, तेल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको मूल्यसमेत बढेको छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन चल्न छुट दिइएपनि अनेक कारण देखाएर व्यापारीले बढी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ।

बिदामा बसेको म ‘नेपाल’

मलाई पूर्ण विश्वास छ– हामी सबै एकजुट भएर बुलन्द तयारीसाथ अगाडि बढ्न सक्छौं । कोभिड–१९ मात्र होइन, भोकमरी, मलेरिया, डेंगी, अनि गरिबी पनि छिचोल्न सक्छौं ।

कोरोनाविरुद्धको कोषमा २९ लाख ४८ हजार रकमान्तर

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको बजेट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बेलायती नागरिक जोन्स भन्छन् : ‘नेपाल सुरक्षित भएकै कारण आफ्नो देश गइनँ’

सामुयल जोन्स बेलायती नागरिक हुन् । तीन महिनाअघि उनी रसुवा आएका थिए । उनी अहिले पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् ।

कर छुट गर्न व्यवसायीको माग

सरकारले व्यापारी तथा उद्योगीबाट लिँदै आएको कर तथा विभिन्न शुल्क छुट गर्नुपर्ने सुर्खेतका व्यापारीहरूले माग गरेका छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय धरासय बन्दै गएको भन्दै उनीहरूको यस्तो माग गरेका हुन् ।

खोपबाट चेपाङ समूदायका बालबालिका लाभान्वित

गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भयो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य एक सय ५० भन्दा बढी बिरामी भए । कोरोना भाइरस (कोभिड–१९) का कारण सिंगो विश्व त्रसित भैरहेका बेला दादुराको महामारीले चेपाङबस्तीमा पीडा थपेको थियो । स्वास्थ्य कार्यालय र गाउँपालिकाको पहलमा बिस्तारै नियन्त्रणमा आयो ।

जोखिम क्षेत्रमै छैन पर्याप्त परीक्षण किट

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) को परीक्षण किटको अभाव भएको छ। संघीय सरकारले सबै ठाउँमा पर्याप्त मात्रमा किट उपलब्ध गराएको दाबी गरिरहे पनि प्रदेश १ का केहि जिल्लामा परीक्षण किटको अभाव देखिएको हो।

एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कतार र युएईद्वारा नेपाललाई १५ टन स्वास्थ्य सामाग्री सहयोग

खाडीका दुई मुलुकहरु कतार र युएईले बुधबार नेपाललाई १५ टन स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन। कोरोना भाईरस नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री सहित विभिन्न किसिमका स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

विराटनगर बजारमा अत्याधिक भीडभाड हुँदा पीपीई सेटमा युवा

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन बुधबार ३७ औं दिन भएको छ । लकडाउनको सुरुआती समयमा सर्वसाधारणले लकडाउन र भाइरसको डरले घर बाहिर नआउँदा बजारमा खासै भीडभाड हुँदैन थियो ।

राहत वितरणमा भद्रगोलः कतै वितरण भएन, कतै दोस्रो चरणको तयारी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउनका लागि जारी लकडाउनका कारण संकटमा परेका विपन्न परिवारलाई दिनुपर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सुरु भएको ३७ औं दिन वित्दा समेत जिल्लास्थित कतिपय स्थानीय तहले राहत वितरण नै गर्न सकेको छैन ।

भिटिएम अभावमा रोकिएको आरडिटी पुनः सुरु

नतिजा विश्वसनीय नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण (आरडिटी)बाट स्वास्थ्य जाँच रोक्न गतसाता सरकारलाई आग्रह गर्नुअघि नै उदयपुरमा रोकिएकोमा बुधबारदेखि पुनः त्यहीँ बिधि थालिएको छ । त्रियुगा ३ भुल्के मस्जिदमा नेगेटिभ देखिएका जमातीको पोलिमेरीज चेन रियाक्सन (पिसिआर) परीक्षणमा संक्रमण पाइएपछि आरडिटी परीक्षण जिल्लामा रोकिएको थियो ।

जमातीबाट फर्केको डेढ महिना पछि कोरोना देखियो

भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएर आएको डेढ महिना पछि दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्