२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लकडाउनमा समयको सदुपयोग

हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर्छ ।

२ सय ७१ मध्ये ३२ जना निको भएर फर्किए

प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका हुन ।

जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे

कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।

कतारमा ६ हजार ९ सय भन्दा बढी नेपालीलाई कोरोना संक्रमण

गैरआवासीय नेपाली संघका अनुसार कतारमा मात्र ६ हजार ९ सय ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संघले आज जारी गरेको तथ्याङकमा सबै भन्दाबढी कतारमा रहेका नेपालीमा देखिएको हो।

स्वास्थ्य क्षेत्र आफैँ अस्वस्थ

निरकुंश पञ्चायती व्यवस्थालाई २०४६ सालमा फ्याँकेयता मुलुकको कार्यकारी पदमा जननिर्वाचित नेताले शासनसत्ता सम्हालेको तीन दशक पूरा भएको छ। हाम्रै एसियाली राष्ट्र सिंगापुर, मलेसियासँगै विश्वका कतिपय मुलुकका राजनेताले देश बनाउन तीन दशक लामो समय कुर्नु नपरेको उदाहरण छ।

कोरोनाका कारण विश्वभर १ सय १७ गैरआवासीय नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वीरगन्जमा कोरोना मुक्त भएर ९ जना डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन्। कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई त्यहाँ भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन।

६ दिनमा ८६ हजारले गरे कोरोना बीमा, नौ करोड प्रिमियम संकलन

कोरोना भाइरसको महामारबीच सूरु भएको कोरोना बीमा गर्नैको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बीमा गरेको व्यक्तिमा कोरोना रोग पुष्टि भए बीमा कम्पनीवाट ५० देखी एक लाख रुपैयाँ क्षतिपुर्ति पाउने भएकाले कोरोना बीमा गर्नैको संख्या बढ्दै गएको हो।

६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

उज्यालो दिनको पर्खाइमा...

कोभिड–१९ ले घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ सिकायो । परिवारलाई हिजोसम्म दिन नसकिएको समयको कुरा गर्दा आज व्याज सहित दिइँदैछ ।

कोरोना नियन्त्रण: भगवान पुकार्दै प्रदेश सरकार, मानिस फर्किदै छन, राख्ने ठाउँ अझै यकिन छैन

शनिबार सर्लाहीका १३ जना र बाराका १ जना गरी १४ जनामा कोरोना भइरस संक्रमण भएको पुष्टि भएको छ। सर्लाहीको गोडैता नगरपालिकामा १२ तथा कविलासी नगरपालिकामा १ र बाराको करैयामाइ गाउँपालकाका १ गरी १४ जनामा संक्रमण पुष्टि भएको हो। यो सहित प्रदेश २ मा संक्रमितको संख्या १७२ पुगेको छ।

भारतबाट फर्केका चार जना कोरोना संक्रमित

भारतबाट फर्किएका बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शिवनाथ गाउँपालिका– १ का २० र २७ वर्षिय युवक वडा नं. २ का २० र २२ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको हो।

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोनाकी माई

“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।” टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्