२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो।  

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो। यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ। 

आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए। २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो। यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ। प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताए। यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।  

 

प्रकाशित: १० जेष्ठ २०७७ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App