८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निरंकुश प्रवृत्तिको पराजय: नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन्।

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।

सर्वोच्चको आदेशले ओलीका कामप्रति नैतिक प्रश्न खडा गरिदियोः नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले राम्रो गरेको प्रतिक्रिया दिएका छन्।

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता जारी

पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भइरहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो।

एमाले एकता प्रयासमा फेरि अड्चन

ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।

खारेज भयो एमालेको १० औं महाधिवेशन आयोजक समिति, नेपालसहित ११ जनामाथिको कारबाही निष्प्रभावी

सो समिति खारेज भएसँगै केन्द्रीय कमिटीमा रुपान्तरण भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि निर्धारण भएको छ।

मैले माधव नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली

अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाएका थिए।

नेपाल पक्षको अडानः लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न

एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्।

ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।

बृहत् कम्युनिस्ट मोर्चा तयारीमा नेपाल

‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं । बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेपाल पक्षधर भ्रातृ संगठनको चेतावनीः जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन

माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ।

प्रधानमन्त्री ओलीलाई नेपाल समूहको जवाफ : ‘हामीलाई कारबाही गरियो भन्नु हास्यास्पद’

आफूहरुलाई पार्टीले स्पष्टीकरण माग गरेपछि ती नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएको जनाएका छन्।

नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने

कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

विश्वास गुमाउँदै नेता नेपाल

नेता नेपालले यसअघि विपक्षी दलहरूसँगका धेरैवटा बैठक र छलफलमा ओलीलाई साथ नदिने बताउँदै आएका थिए। तर पार्टीभित्र आफ्नो समूहमा रहेका नेताहरूले पनि साथ छाड्न थालेपछि नेपाललाई ओलीसँग मिल्नुपर्ने बाध्यता आयो।

नेपाललाई ‘उधारो’ उपलब्धि

तत्काल राजीनामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरू पक्षका युवा नेताहरूले पद छाड्नै नसक्ने स्थिति भएपछि ओलीसँग सहमति गरेर जानुको विकल्प नरहँदा कार्यदल बनाएर उठेका विवाद समाधान गर्ने सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्