६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

खारेज भयो एमालेको १० औं महाधिवेशन आयोजक समिति, नेपालसहित ११ जनामाथिको कारबाही निष्प्रभावी

नेपाल कम्युनिष्ट पार्टी(एमाले) को १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेको हो।

सो समिति खारेज भएसँगै केन्द्रीय कमिटीमा रुपान्तरण भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि निर्धारण भएको छ।  

दशौं महाधिवेशन आयोजक समिति खारेज भएपछि पार्टीका वरिष्ठ माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही निष्प्रभावी भएको उनको भनाइ छ।

प्रकाशित: १६ असार २०७८ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App