७ आश्विन २०८१ सोमबार
image/svg+xml

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

१० हजार घुससहित वन अधिकृत पक्राउ

वन डिभिजन कार्यालयका बर्दिया अन्तर्गतका वन अधिकृत दश हजार घुससहित पक्राउ परेका छन्। बाँसगढीमा–७ स्थित लक्ष्मणमा सेवा ग्राहीसँग घुस लिने क्रममा सहायक वन अधिकृत अनिल गुप्ता परेका हुन्।

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो।

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने दुई जना पक्राउ

प्रहरीले झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङ का (साविकको जोगीमारा गाविस वडा नं ५) बुद्धि बहादुर प्रजा र अर्का एक जना झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ।

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ।

धमाधम पक्राउ पर्दै तस्कर

मंगलबार अवैध ढंगले भारतीय मोटरसाईकलमा सीमापारीबाट भित्र्याएको कपडासहित सिरहा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सिरहा नगरपालिका १७ का रुपेश यादव र मुन्ना यादव छन् । बिआर ३२ जेड १८९८ नम्बरको भारतीय मोटरसाइकलमा कपडा लिएर आइरहेका यादवद्वयलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला भन्सार माड्र बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी(डिएसपी) अपीलराज बोहराले बताए ।

बेलायती वाणिज्य दूतावासका कर्मचारी पक्राउ

हङकङस्थित बेलायतको वाणिज्य दूतावासका एकजना कर्मचारी चिनियाँ सीमाबाट पक्राउ परेका छन्।हङकङ नागरिक भनिएका सिमन चेङ गत अगस्ट ८ देखि हराइरहेका थिए। विभिन्न सञ्चारमाध्यमका अनुसार बेलायती वाणिज्य दूतावासका ती कर्मचारी आफ्नो व्यापारिक भ्रमणका गएका बेलादेखि नै बेपत्ता भएका थिए।

गाँजासहित तीनजना पक्राउ

बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले आठ किलो पाँच सय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०२ नम्बरको बस चेकजाँचका क्रममा सो गाँजा भेटिएको हो।

रक्तचन्दनको तेल बरामद, तीन पक्राउ

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

गाँजासहित तीन जना पक्राउ

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५ सय ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीको पेस्तोल लुट्ने तराई मुक्ति मोर्चाका कार्यकर्ता पक्राउ

प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार अबेर साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्