७ आश्विन २०८१ सोमबार
image/svg+xml

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ

हुलहुज्जत गरेर स्थानीय युवालाई निर्घात कुटपिट गरेको आरोपमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्षसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डकैँती शैलीमा बसमा आक्रमण, साहुसहित ३ यात्रु घाइते, एक पक्राउ

शिखर नगरपालिकाकामा डकैँतीको शैलीमा दुईवटा बसमा आक्रमण र लुटपाट भएको छ। आइतबार राती अछामबाट टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका–६ तल्कोटमा लुटिएका हुन्।

लागु औषधसहित एक पक्राउ

जिल्लाको भानु नगरपालिका १ साजबोटेबाट तनहुँ प्रहरीले लागु औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका ४ सानो डुम्रे बस्ने २२ बर्षीय अक्रममियाँ रहेका छन्।

पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पक्राउ

पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।

कश्मीर तनावः चार हजार पक्राउ

दुई हप्ता पहिले भारतीय कश्मीरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्।

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा भोजपुर नगरपालिका ४ सिद्धेश्वर दाँवाकी मिना मिजार सार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पतिको हत्यारालाई कानुनको कठघरामा उभ्याउनुको साटो मिनाले उल्टै पैसा लिएर घटना लुकाएकी थिइन्।

इरानी ट्यांकर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरले आफ्नो नियन्त्रणमा रहेको एउटा इरानी तेल ट्यांकरलाई रिहा गर्ने निर्णय गरेको भोलीपल्ट अमेरिकाले त्यसलाई जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ।

पुडासैनी आत्महत्या प्रकरणः चितवनमा पाँच पक्राउ

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले १५ किलो चाँदी बरामद गरेको छ। नेपालबाट भारत भित्र्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गणले १५ किलो चाँदी शनिबार बरामद गरेको हो।

धर्म प्रचार गर्न खोज्ने पक्राउ

धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रधानाध्यापकसहित दुई जना पक्राउ

६५ हजार रूपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्