७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मीर तनावः चार हजार पक्राउ

श्रीनगर- दुई हप्ता पहिले भारतीय कश्मीरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्। 

कश्मीरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत छानविनका लागि हिरासतमा लिइएको छ।” उक्त ऐनले कुनै पनि व्यक्तिलाई अभियोग वा सुनुवाई विना नै दुईबर्षसम्म् थुनामा राख्ने व्यवस्था छ। यद्यपि उक्त कानूनलाई भारत मै पनि विवादास्पद मानिन्छ।

“पक्राउ परेका अधिकांशलाई कश्मीरमा राख्ने व्यवस्था नहुँदा हवाई मार्ग हुँदै मुलुकका विभिन्न स्थानमा रहेका हिरासतमा राखिएको छ, ” उनले भने। उनले कश्मीरमा टेलिफोनलगायत अन्य सञ्चारमाध्यम अवरूद्ध भएका समय आफूले यो तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्नका लागि आफूलाई उपलब्ध गराइएको सेटेलाइट फोनमार्फत साथीहरूको सहयोग लिएका पनि बताए।” एएफपी

प्रकाशित: १ भाद्र २०७६ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App