७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

१० हजार घुससहित वन अधिकृत पक्राउ

बर्दिया– वन डिभिजन कार्यालयका बर्दिया अन्तर्गतका वन अधिकृत दश हजार घुसससहित पक्राउ परेका छन्। बाँसगढीमा–७ स्थित लक्ष्मणमा सेवा ग्राहीसँग घुस लिने क्रममा सहायक वन अधिकृत अनिल गुप्ता परेका हुन्।

गुप्ताले सामुदायिक वनमा कटान अनुमति दिनका लागि उपभोक्तासँग घुस लिएका खुलेको छ। नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्र्पक कार्यालयले सहायक वन अधिकृत गुप्तालाई पक्राउ गरेको हो।

सहायक वन अधिकृत गुप्तालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार सम्र्पक कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७६ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App