१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन। त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ।

युवाको रक्तदानमा सांसदले दिए रगत

कूल ६६ जना युवाहरुसँगै रगत दिएका सांसद गोसाइँले विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय कलेजहरु भौतिक दूरीमा पुन संचालन गर्नुपर्ने कुरामा जोड दिदैं सरकारले वैकल्पिक उपाय अवलम्बन नगरे देशको शिक्षा र विद्यार्थीहरुको हालत नाजुक हुने बताए।

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान

नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो।

‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले अघिल्लो वर्ष कोभिड महामारीका कारण भएको लकडाउनको समयमा टोल टोलमा रक्तदान अभियान सुरु गरेको थियो।

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ।

सुदूरपश्चिममा बढे रक्तदाता

पत्नीलाई रगत चाहिएमा ‘ब्लड ग्रुप’ मिलेका पतिले रगत दिन डराउने र रगत दिँदा कमजोर भइन्छ भन्ने गलत मानसिकताका कारण सुदूरपश्चिममा दुई वर्ष अघिसम्म पनि रक्तदाता पर्याप्त थिएनन् ।

बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम

आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

मुआ थाई संघ कास्कीको रक्तदान, ४३ युनिट संकलन

कोभिड १९ को विपत अवस्था छ । विपतले सबै क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा समेत प्रभावित हुन पुगेको अवस्था छ । स्वास्थ्य क्षेत्रमा रगतकै अभाव हुन नदिन बन्दाबन्दीकै बीचमा खेलाडीहरूले रक्तदान गरेका छन् । रक्त सञ्चारकेन्द्र पोखरामा रगतको अभाव हुन नदिन मुआ थाई संघ कास्कीले रक्तदान आयोजना गरेको हो ।

स्वास्थ्यकर्मी, सेना र प्रहरीको भरमा रक्तदान

ब्लड बैंक नहुँदा कर्णाली प्रदेशका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । अपर्याप्त उपकरण र जनशक्ति बीचका यहाँका चिकित्सले उपचार गरी बिरामी बचाउन रक्तदानसमेत गर्दै आएका छन् ।

रक्तदान सम्पन्न

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच  पनि रगतको अभाव कम हुन नदिन काठमाडौंको हाँडीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को  सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौंमा रक्तदान गरिएको हो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा त्रीशत्ति क्लबले रक्तदान  संस्थाले बिहीबार  कार्यक्रम गरेको हो।

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्