५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

युवाको रक्तदानमा सांसदले दिए रगत

बढ्दो रगतको अभाव कम गर्न नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगरपालिका ७ गोमारी एकाई समितिले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा बागमति प्रदेश सांसदले पनि रक्तदान गरेका छन्।

रक्तदान गर्दै उनले युवाहरुले रगत दिन तयार भए जस्तै देश र जनताको बारे बोल्न तयार हुनुपर्ने बताए।  कूल ६६ जना युवाहरुसँगै रगत दिएका सांसद गोसाइँले विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय कलेजहरु भौतिक दूरीमा पुन संचालन गर्नुपर्ने कुरामा जोड दिदैं सरकारले वैकल्पिक उपाय अवलम्बन नगरे देशको शिक्षा र विद्यार्थीहरुको हालत नाजुक हुने बताए।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सरकारले कोभिड खोप जनस्तरमा पुर्‍याउन नसकेको आरोप लगाउँदै कोभिड संक्रमणको व्यवस्थापनमा लाग्नुपर्ने अवस्थामा सरकारको नेतृत्व गर्ने दलहरु एकापसमा कुकुर झगडा गरिरहेको बताए।  

आयोजक समितिका अध्यक्ष राकेश सुकुपायोले युवाहरुमा सामाजिक उत्तरदायित्वबारेमा जानकारी दिनका लागि रक्तदान कार्यक्रम गरिएको बताउँदै सबै रक्तदाताहरुलाई धन्यवाद दिए।

प्रकाशित: ५ भाद्र २०७८ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App