१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम

आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। हरेक तीन महिनामा हुँदै आएको कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गर्ने गरेका छन्। त्यस क्षेत्रका व्यापारीहरु तथा अन्य क्षेत्रका व्यक्तिहरुले समेत रक्तदान गर्दै आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष महोम्मद हुसेनले बताए। 

त्यसक्षेत्रका विभिन्न ठाउँमा कार्यक्रम आयोजना हुँदै आएको छ। पुरानो बसपार्क, इचुमती कृषि तरकारी बजार र युवा समूहको समेत रक्तादान कार्यक्रममा सहभागिता रहँदै आएको छ। १० बजेटबाट सुरु भएको रक्तादन कार्यक्रम दिउँसो २ बजेटसम्म जारी रहने छ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App