१० मंसिर २०८१ सोमबार
image/svg+xml

लकडाउनमा निरन्तर रक्तदान

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अधिकांश देशमा छ । संक्रमण फैलिन नदिन देशभर लकडाउन भएपनि अस्पतालहरुले सेवा दिइरहेका छन् । दुई हप्ताका लागि सरकारले नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिए पनि अस्पतालमा रगतको आवश्यकता छ ।

नोबेल साकोस साहित्य संस्थामा २१ को  रक्तदान

‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।

शान्ति समाजले जम्मा गर्‍यो ४५ पिन्ट रगत

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बसभित्रै रक्तदान

अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो।

विदेशमा नेपाली रक्तदान अभियन्ता

‘रक्तदान गरी जीवन दान गरौं, तपाईंले गरेको रक्तदानले कसैको ज्यान बच्छ र कसैको परिवारमा खुसी मिल्छ भने जीवनमा त्योभन्दा ठूलो सन्तुष्टि अरू केबाट मिल्छ?’

रजत जयन्तीमा वर्षभरी कार्यक्रम, रक्तदानबाट सुरुआत

भैरहवास्थित पश्चिमाञ्चल ईङ्लिस स्कुलले वर्ष भरी विविध कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ। २०५२ सालमा स्थापित पश्चिमाञ्चलले विद्यालय स्थापना भएको दिन आज रक्तदान गरी रजत जयन्तीको सुरुआत गरेको हो।

चार्डपर्वका कारण रगत अभाव

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

कुलेश्वरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

लायन्स क्लब अफ काठमाडौं वेल्केयर, लायन्स क्लब अफ काठमाडौं नेचुरल र कुलेश्वर पोलिक्लिनिकको संयुक्त आयोजनामा राजधानीको कुलेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बंगलादेश बैंकको रक्तदान

नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

काँग्रेसले सुरु गर्‍यो रक्तदान कार्यक्रम

नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गरेका हुन्।

सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान

शनिबार जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक सुत्केरीको ज्यान कैदीले बचाएका छन्। रोल्पा गंगादेव गाउपालिका ७ की २१ वर्षीया मनिषा केसी (ओली)लाई जिल्ला अस्पताल सल्यानमा रगत अभाव भएपछि कैदी पूजा घर्तीमगरले दिइन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा रहेकी उनले रगत दिएको अस्पतालले पुष्टि गरेको छ।

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रामेछापका कैदीबन्दीले गरे रक्तदान

बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठानले शनिबार रामेछापको पुरानो सदरमुकाम रामेछापमा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ६८ कैदीसहित १ सय १२ जनाले रगत दान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्