५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाललाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।

राजदेवी नगरपालिका मेयरमा नेकपा एसबाट यादव सिफारिस

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदको उम्मेदवारको टुंगो लगाएको छ।

संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ।

अधिकार प्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता छ: अध्यक्ष नेपाल

अधिकारप्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको चर्चा गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताए।

ओली देशकै लागि घाँडो भइसके: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै लागि महाको घाँडो भइसकेको बताएका छन्।

ओलीको मुद्दा हेर्न नभ्याइनेमा

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यहरूको पद बदरको मागसहित २०७८ भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्।

नेकपा एसका अध्यक्ष नेपाल टर्की प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पाँचदिने भ्रमणका लागि टर्की गएका छन्।

ओली ज्ञानेन्द्र निवासमा सुटुक्क जान्छन्ः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।

ओलीका अपराधलाई जनतासमक्ष लैजान्छु: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका छन्।

गठबन्धनबाट कसलाई फाइदा?

यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।

कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

स्थानीय चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति छ। त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ। तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।

३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छः माधव नेपाल

प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्