१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

नेकपा (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ।

नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको हो।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालित पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरी बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरु सिद्धान्त मिलेकाले प्रवेश गरीएको बताए।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफूहरुको योगदान हुने उनले बताए। उनले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताए।

प्रकाशित: २४ चैत्र २०७८ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App