२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजदेवी नगरपालिका मेयरमा नेकपा एसबाट यादव सिफारिस

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदको उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा आगामी स्थानीय तहको चुनावको लागि मेयर र उपमेयर पदको उम्मेदवार चयन गरिएको हो।

नेकपा एसले राजदेवी नगरपालिकाको प्रमुख पदमा भिखारी प्रसाद यादव र उपप्रमुखमा राजकुमारी देवी साह तेलीलाई सर्वसम्मत चयन गरेको हो। रौतहटको गौर र राजदेवी नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर र उपमेयर पदको दाबी गर्दै आएको छ।

अध्यक्ष नेपाल स्वयं नै उपस्थित भएर उम्मेदवार चयन गरेपछि राजदेवी नगरपालिकाको प्रमुख र उपप्रमुख पद नेकपा एसले पाउने निश्चित भएको अनुमान गरिएको छ। जिल्लाको सदरमुकाम गौरमा नेकपा एसका तर्फबाट शम्भु साह नगर प्रमुख पदको उम्मेदवार बन्ने तयारी गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७८ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App