२२ वैशाख २०८१ शनिबार
image/svg+xml

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रंगरोगन र मर्मत सम्भार सुरु

महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ।

पशुपतिनाथमा सकियो चार प्रहरको पूजाः करिब १० लाखले गरे दर्शन

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन।

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थापन गरेको जनाए।

आज पाशुपति क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन्।

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध ठाउँ छन्। नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ।

राष्ट्रपतिद्वारा महाशिवरात्रिको शुभकामना

आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ।

आज महाशिवरात्रि पर्व मनाइँदैः पशुपति क्षेत्र झकिझकाउ

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

महाशिवरात्रिको तयारी पूरा

पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको कोषले जनाएको हो।

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।

पशुपतिमा महाशिवरात्रिको तयारी, भित्तामा भगवान् शिवपार्वतीका चित्र

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ।

मनीषाको 'महामृत्युञ्जय' सार्वजनिक

बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्ठले नै गरेका हुन् ।

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।

शिवरात्रिमा भक्तपुरको डोलेश्वर खुल्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्