७ आश्विन २०८१ सोमबार
image/svg+xml

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

कर्णाली प्रदेश: गठबन्धन हुँदा एमालेलाई गाह्रो

एमाले र माओवादीबीचको गठबन्धन भत्काएर देशैभर एमालेलाई सत्ताबाट बाहिर राखेको कांग्रेस संघ र प्रदेशमा पनि उसलाई एक्ल्याउन चाहन्छ। एमाले–माओवादीबीच अघिल्लो निर्वाचनमा तालमेल हुँदा स्थानीय तहमा पनि कांग्रेस तेस्रो शक्ति थियो। कांग्रेस यसपटक कर्णालीमा पहिलो शक्तिको रुपमा उदाएको छ।

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे। उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए।

निर्वाचनसम्बन्धी कार्यतालिका ऐन ल्याएर मात्र निर्वाचन गरौं: देव गुरुङ

प्रतिनिधिसभाको आजको बैठकमा उनले मंसिरमा निर्वाचन गर्न नहुने संकेत गर्दै यसको लागि बेग्लै निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा ऐेन जरुरी रहेको बताए।

अदालतको आदेश अटेर गर्दै सरकारी जग्गामा भवन निर्माण, काम रोक्न लगाउनु न्यायोचित नभएको दाबी

सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले जिल्ला समन्वय समिति चितवनको जग्गामा निर्मित भवनको गतिविधि रोक्न लगाउनु आपत्तिजनक भएको जनाएको हो।

संविधाननै संशोधन गरेर भएपनि संवैधानिक परिषद् ७ सदस्यीय हुनुपर्ने माग

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ। सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन्।

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे।

दाहाल हिरोसिमा भ्रमणमा

दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।

एमालेलाई ढाल्न प्रचण्ड र माधव काँग्रेसको बिँड बनेका छन्ः ओली

'अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ। अब ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ। बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्। के–के नामका छन्?'

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउँछु: प्रचण्ड

जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्दै दुई पक्षीय आर्थिक सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी दिए। फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेको बताए।

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रितः अध्यक्ष प्रचण्ड

पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए।

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।

जापान पुगेका प्रचण्डले आज नै नेपाल फेस्टिभलको समुद्घाटन गर्ने

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।

प्रचण्डको सुरक्षा कमाण्डरमा डीएसपी सिद्धराज न्यौपाने

यसअघि प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ।

अहिलेसम्म तय भएन अध्यक्ष दाहालको जापान सरकारका पदाधिकारीसँगको भेटघाट

जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासले अध्यक्ष दाहालको जापान सरकारका प्रतिनिधीहरुसँगको भेटघाटको मिति र समय अहिलेसम्म टुङगो नलागेको जानकारी दिएको छ। 'आज साँझसम्ममा थाहा हुन्छ होला', दुतावास स्रोतले भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्