७ वैशाख २०८१ शुक्रबार
राजनीति

जापान पुगेका प्रचण्डले आज नै नेपाल फेस्टिभलको समुद्घाटन गर्ने

फाइल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन्। नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान आएका हुन्।

उनलाई राजदुत दुर्गा ब.सुबेदी,एनआरएनए का पुर्व अध्यक्ष भवन भट्ट,नेपाली जन प्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त लगायतले टोक्यो स्थित नारिता विमानस्थलमा स्वागत गरे।

नेपाल एयरलाईन्स मार्फत जापान आएका प्रचण्डसँग सचिवालयका ३ सदस्य पनि साथमा रहेका छन्। उनले आज नै जापानको फुकुओका शहरमा आयोजना हुने नेपाल फेस्टिबलको उद्घाटन गर्ने छन् भने आइतबार टोक्यो स्थित कामेईदोमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।उनको राजनीतिक भेटघाटका बारेमा भने अझै पनि केही खुलाईएको छैन।

प्रकाशित: २१ श्रावण २०७९ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App